पशुपतिका जग्गा: १ रोपनीको भाडा ४४ रुपैयाँ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १२, २०७४
|
|
५१ पटक हेरिएको
Shares
पशुपतिका जग्गा: १ रोपनीको भाडा ४४ रुपैयाँ

सारांश

  • आराध्यदेव पशुपतिनाथको नाममा भएको हजार रोपनीभन्दा बढी जग्गा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अतिकम भाडामा भोगचलन गर्दै आएको  छ ।
  • विमानस्थलले प्रयोगमा ल्याएको एक हजार एक सय ६१ रोपनी जग्गाको भाडाचाहिँ प्रतिरोपनी मासिक ४४ रुपैयाँ मात्र छ।
  • बर्सेनि २३ लाख २२ हजार मात्रै तिर्दै आएको विमानस्थलले गत वर्षदेखि बढाएर १ करोड पुर्‍यायो।

आराध्यदेव पशुपतिनाथको नाममा भएको हजार रोपनीभन्दा बढी जग्गा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अतिकम भाडामा भोगचलन गर्दै आएको  छ । विमानस्थलले प्रयोगमा ल्याएको एक हजार एक सय ६१ रोपनी जग्गाको भाडाचाहिँ प्रतिरोपनी मासिक ४४ रुपैयाँ मात्र छ। बर्सेनि २३ लाख २२ हजार मात्रै तिर्दै आएको विमानस्थलले गत वर्षदेखि बढाएर १ करोड पुर्‍यायो।

भेटीघाटीबाट उठ्ने रकमबाट जेनतेन पूजाआजा चलाउँदै आएको पशुपति विकास कोषले आफ्नै जग्गाबाट चाहिँ न्यूनतम मूल्य पनि पाएको छैन ।२०३९ सालदेखि उक्त जग्गा प्रयोग गरेबापत विमानस्थलले प्रतिरोपनी २३ पाथी धानको दरले तिरो तिर्दै आएको थियो । कोषले भने पशुपति क्षेत्र विकास कोष ऐन बनाएसँगै ०४४ सालदेखि नै एक हजारभन्दा बढी रोपनी जग्गा प्रयोग गरेबापत वार्षिक २३ पाथी धान मात्र तिरेर नहुने भन्दै मौखिक ताकेता गर्दै आएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

कोष सञ्चालक परिषद्को बैठकमा भने सात वर्षदेखि विमानस्थलले बर्सेनि तिर्ने रकम अत्यन्त कम भएको भन्दै बढाउनुपर्ने भनी निर्णय हुँदै आएको कार्यकारी निर्देशक रमेश उप्रेतीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्यटन प्रवर्द्धनमा हिमालयन राइडर्स सोसाइटीको सक्रियता
पर्यटन प्रवर्द्धनमा हिमालयन राइडर्स सोसाइटीको सक्रियता
पशुपति कोटीहोम महायज्ञमा आचार्य कृष्ण दमाइबाट प्रवचन
पशुपति कोटीहोम महायज्ञमा आचार्य कृष्ण दमाइबाट प्रवचन
सरकारको वित्त नीतिमा संरचनात्मक सुधार आवश्यक : राष्ट्रपति भण्डारी
सरकारको वित्त नीतिमा संरचनात्मक सुधार आवश्यक : राष्ट्रपति भण्डारी
पर्यटकलाई आकर्षण गर्दै पोखराको डेभिड फल्स
पर्यटकलाई आकर्षण गर्दै पोखराको डेभिड फल्स
‘एमसिसी अस्तिनै पास भइसक्नु पर्ने थियो, यो नेपालको हितमा छ’ : प्रधानमन्त्री ओली
‘एमसिसी अस्तिनै पास भइसक्नु पर्ने थियो, यो नेपालको हितमा छ’ : प्रधानमन्त्री ओली
नवलपरासी पूर्वमा आठ करोड बढीको सुन्तला उत्पादन
नवलपरासी पूर्वमा आठ करोड बढीको सुन्तला उत्पादन
प्रचण्डमाथि राजनीतिक अस्त्र प्रहार
प्रचण्डमाथि राजनीतिक अस्त्र प्रहार
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण
कोरोनाले ल्याएको भोकले दैनिक १२ हजार मृत्यु हुने अनुमान
कोरोनाले ल्याएको भोकले दैनिक १२ हजार मृत्यु हुने अनुमान
फिफा विश्वकप २०२२ का क्‍वाटरफाइनल खेलहरु आजबाट सुरु हुँदै
फिफा विश्वकप २०२२ का क्‍वाटरफाइनल खेलहरु आजबाट सुरु हुँदै