पहिरामा पुरिएका छमध्ये दुईको शव फेला

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २७, २०७६
|
|
२२ पटक हेरिएको
Shares
पहिरामा पुरिएका छमध्ये दुईको शव फेला

सारांश

  • अविरल वर्षासँगै गएराति गएको पहिराबाट थबाङ गाउँपालिका वडा नं २ छेर्लोवाङमा पहिरामा परी पुरिएका छमध्ये दुई जनाको शव फेला परेको छ ।
  • पहिरामा पुरिएकी २८ वर्षीया फिरकुमारी बुढा र उहाँका चार वर्षीय छोरा असल बुढामगरको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिनुभयो ।
  • पहिरामा ४० वर्षीय जय बुढा, उहाँकी श्रीमती मूलज्योति बुढा र उनीहरुका दुई छोरीसमेत चार जना अझै बेपत्ता छन् ।

अविरल वर्षासँगै गएराति गएको पहिराबाट थबाङ गाउँपालिका वडा नं २ छेर्लोवाङमा पहिरामा परी पुरिएका छमध्ये दुई जनाको शव फेला परेको छ । पहिरामा पुरिएकी २८ वर्षीया फिरकुमारी बुढा र उहाँका चार वर्षीय छोरा असल बुढामगरको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिनुभयो ।पहिरामा ४० वर्षीय जय बुढा, उहाँकी श्रीमती मूलज्योति बुढा र उनीहरुका दुई छोरीसमेत चार जना अझै बेपत्ता छन् ।

इलाका प्रहरी कार्यालय थबाङको एक टोलीले उद्धारको काम गरिरहेको बताइएको छ । उक्त टोलीलाई थप सहयोग र उद्धार गर्न इलाका प्रहरी कार्यालय थबाङ, प्रहरी चौकी रानागाउँ र खरिबोटबाटसमेत थप प्रहरी घटनास्थलतर्फ पठाइएको प्रहरी नायब उपरीक्षक गुरुङले जानकारी दिनुभयो । पहिरामा परी दुई घर र केही गोठ पनि पुरिएका बताइएको छ । पहिरामा गाई भेडाबाख्रा पुरिएका हुनसक्ने स्थानीय मौसम रोकाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?