यमनलाई हराउने नेपालको लक्ष्य

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ५, २०८०
|
|
३८ पटक हेरिएको
Shares
यमनलाई हराउने नेपालको लक्ष्य

सारांश

  • काठमाडौं ।
  • फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ।
  • त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उक्त खेल आज साँझ ७ बजे हुनेछ।

काठमाडौं । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उक्त खेल आज साँझ ७ बजे हुनेछ। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले यमनविरुद्धको खेलमा नेपालले जित निकाल्ने बताए।

उनले यसअघि संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलले पनि नेपाली टोलीको मनोबल उच्च भएको जनाउँदै यमनविरुद्धको खेलमा नेपालले जित निकाल्ने बताए। गत कात्तिक ३० गते दुबईमा भएको खेलमा नेपाल युएईसँग ४-० गोलअन्तरले पराजित भएको थियो।

त्यस्तै नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बुले युएई विरुद्धको खेलमा पराजय भोग्नु परे पनि यमनसँगको खेलमा भने जित हासिल गर्ने विश्वास व्यक्त गरे। उनले आफ्नो टोलीका खेलाडीहरु यमनसँग खेल्न मनोवैज्ञानिकरुपमा समेत तयार रहेको बताए।

नेपाल फिफा वरियतामा १७३ औं स्थानमा छ भने यमन १५६ औं स्थानमा रहेको छ। उक्त प्रतियोगिताको खेल हेर्न साधारण प्याराफिटतर्फ चार सय र भिआइपी प्यारापिटतर्फ एक हजार मूल्य तोकिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

विश्वकप एशिया छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’ मा रहेको छ। नेपालको समूहमा युएई, बहराइन र यमन रहेका छन्। त्यस्तै विश्वकप छनोटको पहिलो चरणको खेलमा नेपालले लाओलाई पराजित गर्दै दोस्रो चरणमा छनोट भएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीकै सहमतिमा भारतले नेपालको भूमि भारतले नक्सामा राखेको देउबाको आरोप
ओलीकै सहमतिमा भारतले नेपालको भूमि भारतले नक्सामा राखेको देउबाको आरोप
प्रदेश नं १ लाई भ्रष्टाचारमुक्त सुशासनयुक्त बनाइने मुख्यमन्त्री राईकाे भनाइ !
प्रदेश नं १ लाई भ्रष्टाचारमुक्त सुशासनयुक्त बनाइने मुख्यमन्त्री राईकाे भनाइ !
निर्वाचन परिणामपछि प्रधानमन्त्रीले राजीनामा दिनुपथ्र्यो : प्रदिप पौडेल (अन्तर्वार्ता)
निर्वाचन परिणामपछि प्रधानमन्त्रीले राजीनामा दिनुपथ्र्यो : प्रदिप पौडेल (अन्तर्वार्ता)
Free Slots Without Download Available
मकवानपुरको कैलाश गाउँपालिकामा काँग्रेसको अग्रता
मकवानपुरको कैलाश गाउँपालिकामा काँग्रेसको अग्रता
राष्ट्रियसभामा राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदन पेश
राष्ट्रियसभामा राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदन पेश
चक्रवातका कारण आठ जनाको मृत्यु
चक्रवातका कारण आठ जनाको मृत्यु
सुतिरहेको बेला घरको छानो खस्दा एक बालिकाको मृत्यु
सडक खाली नगरी कुमारी घर पुगेर राष्ट्रपतिले गरे जीवित देवी कुमारीको दर्शन
सडक खाली नगरी कुमारी घर पुगेर राष्ट्रपतिले गरे जीवित देवी कुमारीको दर्शन
प्रधानमन्त्री ओलीका कुरा सुन्दा हाँसो उठ्छ, काम देख्दा रुन मन लाग्छ : रामहरि खतिवडा
प्रधानमन्त्री ओलीका कुरा सुन्दा हाँसो उठ्छ, काम देख्दा रुन मन लाग्छ : रामहरि खतिवडा

तपाईंले छुटाउनुभयो कि?