पहिराेमा परी दुर्इजना बेपत्ता !

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २७, २०७५
|
|
३० पटक हेरिएको
Shares
पहिराेमा परी दुर्इजना बेपत्ता !

सारांश

  • नुवाकोट, २७ भदौ ।
  • दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीको चेताङमा भीषण पहिरो जाँदा दुई जना सम्पर्कविहीन भएका छन् ।
  • आज अपराह्नदेखि गएको पहिरामा परी उनीहरु सम्पर्कविहीन भएको स्थानीयवासीले जानकारी दिएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बताए ।

नुवाकोट, २७ भदौ । दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीको चेताङमा भीषण पहिरो जाँदा दुई जना सम्पर्कविहीन भएका छन् । आज अपराह्नदेखि गएको पहिरामा परी उनीहरु सम्पर्कविहीन भएको स्थानीयवासीले जानकारी दिएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बताए । सम्पर्कविहीनको नाम भने नखुलेको अध्यक्ष तामाङले बताए ।

गोठमा गएका दुई स्थानीयवासी पहिरामा फसेका कारण उद्धारको प्रयास भइरहेको अध्यक्ष तामाङले जानकारी दिए। पानी परिरहेको र पहिरो गइरहेका कारण उद्धारमा कठिनाइ भएकाले मौसम खुलेपछि हेलिकप्टरमार्फत भए पनि उद्धार गर्ने तयारी भइरहेको जनाइएको छ । पहिरो बस्तीतर्फ बढिरहेको र भने चार घर पहिराले बगाइसकेको छ । पहिरो निरन्तर झरिरहेकाले वरपरका बस्तीका नागरिकलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्ने काम भइरहेको अध्यक्ष तामाङले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?