जब चिनियाँ राष्ट्रपति सी जिङपिङ माओको समाधिस्थलमा तीन पटक झुके

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १३, २०७६
|
|
२८ पटक हेरिएको
Shares
जब चिनियाँ राष्ट्रपति सी जिङपिङ माओको समाधिस्थलमा तीन पटक झुके

सारांश

  • चिनियाँ राष्ट्रपति सी जिङपिङ हत्तपत्त झुक्दैनन् ।
  • तर, उनी माओत्से तुङको समाधिस्थलमा उभिएर झुकेका छन् ।
  • त्यो पनि एकपटक होइन तीनपटक ।

चिनियाँ राष्ट्रपति सी जिङपिङ हत्तपत्त झुक्दैनन् । तर, उनी माओत्से तुङको समाधिस्थलमा उभिएर झुकेका छन् । त्यो पनि एकपटक होइन तीनपटक ।चीनमा कम्युनिष्ट सत्ताको ७० औं वर्षगाँठका अवसरमा बेइजिङस्थित तियानमेन स्क्वायरको मुटुमा अवस्थित माओको समाधिस्थलमा तीनपटक झुकेको समाचार चिनियाँ समाचार संस्था सिन्ह्वाले प्रकाशित गरेको छ । माओको शवलाई तियानमेन स्क्वायरमा सुरक्षित साथ राखिएको छ ।

यसअघि छ वर्ष अघि सी ले माओको १२० औं स्मृति दिवसमा झुकेका थिए । माओको नेतृत्वमा कम्युनिष्ट क्रान्ति भई चीन नयाँ युगमा प्रवेश गरेको थियो । तर, सांस्कृतिक क्रान्तिका बेलामा धेरै मानिस मारिनुका साथै श्रम शिविरमा पठाइएका थिए । वर्तमान राष्ट्रपति सी जिङपिङका बाबु पनि श्रम शिविरमा पठाइएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?