जमीनमा मात्रै होइन, भारतले आकाशमा पनि कुञ्जुस्याइँ गरिरहेको छ: प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १६, २०७५
|
|
१९ पटक हेरिएको
Shares
जमीनमा मात्रै होइन, भारतले आकाशमा पनि कुञ्जुस्याइँ गरिरहेको छ: प्रधानमन्त्री ओली

सारांश

  • बुटवल, १६ वैशाख ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा आकाशको अधिकार लिने र विमानहरु चल्ने बताएका छन् ।
  • भारतले अहिलेसम्म जमीनमा मात्रै होइन, आकाशमा पनि कञ्जुस्याइँ गरिरहेको बताए ।

बुटवल, १६ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा आकाशको अधिकार लिने र विमानहरु चल्ने बताएका छन् ।

भारतले अहिलेसम्म जमीनमा मात्रै होइन, आकाशमा पनि कञ्जुस्याइँ गरिरहेको बताए ।‘भारतले आकाशबाट एउटामात्रै बाटो दिएको छ, वीरगञ्जबाट सिमरा परेर त्यतैबाट निस्केर जानुपर्छ,’ आइतबार प्रदेश ५ को संसदमा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘भारतले हामीलाई रुट दिनुपर्छ । अस्ति मैले भारत भ्रमणमा जाँदा पनि यो कुरा भनेको छु ।’

प्रधानमन्त्री ओलीले भारततर्फ लक्षित गर्दै भने, ‘जमीनमा मात्रै होइन, आकाशमा पनि कुञ्जुस्याइँ गरिनु उपयुक्त हुँदैन । हामी यो रुट लिन्छौं, विमानस्थल चल्छ ।’नेपालले काठमाडौं बाहिर तीनवटा अन्तर्राष्ट्रिय विमानस्थलहरु बनाउँदैछ ।

पोखरा, भैरहवा र निजगढ विमानस्थल निर्माणका लागि प्रयासहरु भइरहेका छन् । तर, भैरहवा र निजगढ विमानस्थलमा उडान-अवतरणका लागि भारतले आफ्नो आकाशको इजाजत दिन कञ्जुस्याइँ गर्दै आएको अवस्था छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Subash Malla

    जनताको बिचमा आएर पपुलर बन्न भारतले यो गर्यो त्यो गर्यो किन भन्नू हुन्छ पि एम ज्यु। आफ्नो स्वार्थ पूरा गरे भैई हाल्यो नि अनेक बार्ता सम्झौता हुन्छ सिर्फ जनताको आखामा छारो हाल्न किन भन्नू सक्नु भएन सिमाको समस्या किन भन्नू सक्नु भएन बिगतमा भएको सम्झौताहरु अलपत्र भएको खाली रेल र पानीजहाज आउँछ आउँछ मात्र। ओलि बोली र काम जनताले कहिले महशुश गर्ने।

    Comment Author

    Ananda Bajracharya

    उसो भए जल मार्ग त पक्कै अाउने भयो होला होइन।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?