पहिलो नेपाली कोरोना संक्रमित यसरी निको भएर घर फर्केका थिए

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २, २०७७
|
|
२६ पटक हेरिएको
Shares
पहिलो नेपाली कोरोना संक्रमित यसरी निको भएर घर फर्केका थिए

सारांश

  • नेपालमा कोरोना भाइरसका पहिलो संक्रमित चीनको वुआनबाट स्वदेश फर्किएका थिए ।
  • उनी फर्किएको छ दिनमात्र भएको थियो ।
  • स्वास्थ्यमा समस्या आएपछि उनी शंका लागी सरुवा रोग अस्पताल टेकुमा पुगेका थिए ।

नेपालमा कोरोना भाइरसका पहिलो संक्रमित चीनको वुआनबाट स्वदेश फर्किएका थिए । उनी फर्किएको छ दिनमात्र भएको थियो । स्वास्थ्यमा समस्या आएपछि उनी शंका लागी सरुवा रोग अस्पताल टेकुमा पुगेका थिए । त्यहाँ शंका लागी उनलाई भनाई लिइएको थियो । ३२ वर्षीय युवकको स्वाब टेष्टका लागि हङकङको प्रयोगशाला पठाइएको थियो । जहाँबाट उनको पोजेटिभ नतिजा आएपछि अस्तालमै क्वारेन्टाइनमा राखिएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झासहित स्वदेशी र विदेशी गरी १२ जनाले लेखेको जर्नल आर्टिकलमा युवकको उपचार र स्वास्थ्यमा के अवस्था आएको थियो सबै उल्लेख छ । युवक १३ जनवरी सन् २०२० मा कोरोना भाइरसका संक्रमित फेला परेका थिए । उनी वुआनस्थित वुआन युनिभर्सिी अफ टेक्नोलोजीमा रोगको कुनै पुरानो इतिहास नभएको अवस्थामा फर्किएको उल्लेख छ ।

युवक शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा खोकी लागेको अवस्थामा पुगेको भनिएको छ । उनी ३ जनवरीमा विरामी भएको अवस्थामा आउँदा नेपाल आइपुगेको छ दिन भएको थियो ।

उनको पिसिआर टेष्ट हङकङस्थित प्रयोगशालामा पठाइँदा कोभिड १९ पत्ता लागेको थियो । युवक अस्पताल भर्ना हुँदा ९९ डिग्री फरेनआइटको तापक्रम थियो । घाँटीमा केही असजिलो अनुभव गर्दथे तर कुनै अन्य लक्षणहरु थिएन ।

ती युवकलाई आइशोलेशनमा राखेर उपचार गरिएको र छ घन्टापछि स्वास प्रश्वासको सामान्य समस्या आएको थियो । अस्पतालमा राखिंदा नियमित निगरानीमा राखिएको र १६ जनवरीमा डिस्चार्ज गरी घरमै सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको जर्नल आर्टिकलमा उल्लेख छ ।

अन्य विरामीको तुलनामा भन्दा ती युवक १३ दिनमै नीको भई घर फर्किएको विषय उल्लेख गरिएका ेछ । नीको भएका अन्य विरामीको समेत तुलना गरी लेखमा उल्लेख गरिएको छ । त्यतिबेला युवकमा ज्वरो र खोकी मुख्य लक्षण देखिएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?