पाइलट निदाएर अवतरण गर्न बिर्सेपछि…

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ५, २०७९
|
|
२६ पटक हेरिएको
Shares
पाइलट निदाएर अवतरण गर्न बिर्सेपछि…

सारांश

  • ३७ हजार फिटको उचाइमा दुई पाइलटहरू निदाउँदा उनीहरूले धावनमार्ग छुटाएको एउटा उड्डयन सम्बन्धी पत्रिकाले जनाएको छ।
  • तर उनीहरू ब्युँझिएपछि विमान सुरक्षित रूपमा अवतरण भएको छ।
  • विमान उचाइ घटाउनुपर्ने विन्दु पार गरेर अगाडि बढेपछि इथियोपियाको आदिस अबाबा विमानस्थलका एअर ट्राफिकले सम्पर्क गर्ने प्रयास गरेका थिए।

३७ हजार फिटको उचाइमा दुई पाइलटहरू निदाउँदा उनीहरूले धावनमार्ग छुटाएको एउटा उड्डयन सम्बन्धी पत्रिकाले जनाएको छ। तर उनीहरू ब्युँझिएपछि विमान सुरक्षित रूपमा अवतरण भएको छ।

विमान उचाइ घटाउनुपर्ने विन्दु पार गरेर अगाडि बढेपछि इथियोपियाको आदिस अबाबा विमानस्थलका एअर ट्राफिकले सम्पर्क गर्ने प्रयास गरेका थिए।

एभिएशन हेराल्डका अनुसार अन्ततः पाइलटहरू ब्युँझे र दोस्रो पटकमा विमानलाई अवतरण गराएका थिए। सरकारी सञ्चारमाध्यम फनाका अनुसार इथियोपियन एअरलाइन्सका ती पाइलटलाई अनुसन्धान रोकेर बिदामा राखिएको छ।

यात्रुवाहक सो विमान सोमवार सुडानको खार्तुम विमानस्थलबाट उडेको थियो। १५४ सीट क्षमताको उक्त बोइङ ७३७ विमानले दुई देशबीचको उक्त हवाई मार्गमा सामान्यतः दुई घण्टाभन्दा कम समय लगाउँछ।

त्यस घटनाप्रति पाइलटहरूको कामको दैनिकीलाई लिएर सहानुभूति प्रकट गर्नेदेखि त्यस्तो जिम्मेवारीमा पनि निदाएको भन्दै अचम्मित हुने गरी प्रतिक्रिया आएका छन्।

एभिएशन हेराल्डको वेबसाइट रहेको एउटा प्रतिक्रियामा भनिएको छ ‘मैले इथियोपियाली चालक दललाई खासगरी यहाँ दोष लगाउँदिनँ यस्तो संसारमा जुनसुकै चालक दललाई हुनसक्छ र सम्भवतः भएको पनि छ। गल्ली कम्पनी र नियमनकर्ताहरूको छ।’

अर्का एकजनाले त्यसको एकमात्र समाधान रहेको बताउँदै भनेका छन् ‘बर्खास्त। कुरै सकियो।’ अन्यले यस घटनाको रमाइलो पक्ष भन्दै ट्विटरमा लेखेका छन्, ‘यस काममा निदाउने कुरालाई नयाँ उचाइमा पुर्‍याइएको छ ! ‘

‘पाइलटहरू थकित हुने कुरा कुनै नयाँ होइन र यसले अन्तर्राष्ट्रिय रूपमा हवाई सुरक्षाका लागि सबैभन्दा ठूलो जोखिम देखाइरहेको छ,’ उड्डयन विश्लेषक एलेक्स मचेरसले ट्विटरमा लेखेका छन्। बीबीसीले इथियोपियन एअरलाइन्ससँग प्रतिक्रिया लिने प्रयास गरेको थियो। –बिबिसी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?