चिनियाँ राष्ट्रपति नेपाल आउनुपूर्व भारतीय प्रधानमन्त्री मोदी नेपाल आउन सम्भावना

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १६, २०७६
|
|
२४ पटक हेरिएको
Shares
चिनियाँ राष्ट्रपति नेपाल आउनुपूर्व भारतीय प्रधानमन्त्री मोदी नेपाल आउन सम्भावना

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट फर्कने भएका छन् ।
  • उपचार गराइरहेका उनी पुनः फर्कने गरी आउन लागेका हुन् ।
  • ओली स्वदेश फर्कनुमा नेपालमा हुनलागेको केही महत्वपूर्ण भ्रमण पनि कारण बनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट फर्कने भएका छन् । उपचार गराइरहेका उनी पुनः फर्कने गरी आउन लागेका हुन् ।
ओली स्वदेश फर्कनुमा नेपालमा हुनलागेको केही महत्वपूर्ण भ्रमण पनि कारण बनेको छ । चिनियाँ राष्ट्रपति सि जिङपिङ २८ असोजमा नेपाल आउने भएका छन् । यसबारे चिनियाँ पक्षले औपचारिक जानकारी नगराएपनि भारत भ्रमणमा जानुअघि नेपालमा नौं घन्टा रोकिनेछन् । दशकौंपछि चिनियाँ राष्ट्रपतिबाट नेपाल भ्रमण हुनलागेको हो ।

चिनियाँ राष्ट्रपति भारत जानुअघि नेपाल रोकिनु अर्थपूर्ण हुनेछ । उनी नेपाल आउने निश्चित भएमा भारतीय पक्षबाट पनि उच्चस्तरको भ्रमण छिट्टै भइहाल्ने सम्भावना बलियो रहन्छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले नेपाल भ्रमण गर्ने विषय चर्चामा रहँदै आएको छ । यसबारे टुंगो लागिसकेको छैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संविधान दिवसमा विशेष अतिथिको रुपमा निम्तो दिइएको छ । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा रहँदा उनीमार्फत् निम्तो दिइएको हो । ओली संविधान दिवसमा नेपाल आउने निश्चित नभएपनि सम्भावना रहेको छ । ३ असोजमा संविधान दिवस पारेर भारतीय प्रधानमन्त्री मोदीको आएमा संविधानबारे भारतको औपचारिक धारणा खुलस्त हुनेछ । त्यसैले पनि संविधान दिवसमा आउन निम्तो दिइएको छ ।

संविधान दिवसमा नआएपनि भारतबाट उच्च तहको भ्रमण २८ असोजपूर्व नै हुनसक्छ । चिनियाँ राष्ट्रपति सी जिङपिङ नेपाल भ्रमणमा आउनुपूर्व भारतले उच्च तहको भ्रमण गराउन सक्छ । यसकारण पनि असोज महिनामा दुई छिमेकबाट उच्च तहको भ्रमण हुने सम्भावना बलियो भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललितपुर प्रहरी प्रमुखमा शेखर खनाल र सिडियोमा तुलसी श्रेष्ठ
ललितपुर प्रहरी प्रमुखमा शेखर खनाल र सिडियोमा तुलसी श्रेष्ठ
गंगामाया अधिकारीले अाफ्नै छोरालाइ यसकारण पक्राउ गर्न लगाइन्
गंगामाया अधिकारीले अाफ्नै छोरालाइ यसकारण पक्राउ गर्न लगाइन्
राजनीतिक लडाइँ सकियो तर अधिकारको लडाइँ सकिएको छैन – केपी शर्मा ओली
राजनीतिक लडाइँ सकियो तर अधिकारको लडाइँ सकिएको छैन – केपी शर्मा ओली
बिराटनगर महानगरको अहिलेसम्मको मतगणना परिणाम (अपडेट)
बिराटनगर महानगरको अहिलेसम्मको मतगणना परिणाम (अपडेट)
काठमाडौं उपत्यकामा रातभर देउसी, भैलो खेल्न पाइने
काठमाडौं उपत्यकामा रातभर देउसी, भैलो खेल्न पाइने
निर्माण व्यवसायी महासंघ चुनावमा उदयपुर जिल्ला सफल
निर्माण व्यवसायी महासंघ चुनावमा उदयपुर जिल्ला सफल
५४ करोड पर्ने कचौरा, थाहा नपाउँदा सम्म टेनिस बल राख्थे यी दम्पत्ति
५४ करोड पर्ने कचौरा, थाहा नपाउँदा सम्म टेनिस बल राख्थे यी दम्पत्ति
कांग्रेसमा नेतृत्व परिवर्तनको बहस ! नेतृत्व कसलाई दिने ? कोइराला कि पौडेल ? कि सामुहिक प्रयास ?
कांग्रेसमा नेतृत्व परिवर्तनको बहस ! नेतृत्व कसलाई दिने ? कोइराला कि पौडेल ? कि सामुहिक प्रयास ?
पहिरो पीडितको पीडा– टहराको बास र मागेको गाँस कहिलेसम्म ?
पहिरो पीडितको पीडा– टहराको बास र मागेको गाँस कहिलेसम्म ?
इञ्जिनीयरिङका विद्यार्थी बिचल्लीमा
इञ्जिनीयरिङका विद्यार्थी बिचल्लीमा

तपाईंले छुटाउनुभयो कि?