श्रीलङ्काका राष्ट्रपति काठमाडौँमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १३, २०७५
|
|
१९ पटक हेरिएको
Shares
श्रीलङ्काका राष्ट्रपति काठमाडौँमा

सारांश

  • काठमाडौँ, १३ भदौ ।
  • बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौंथो शिखर सम्मेलनमा भाग लिने सिलसिलामा श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना आज अपराह्न राजधानी आइपुग्नुभयो ।
  • राष्ट्रपति सिरिसेनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नुभयो ।

काठमाडौँ, १३ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौंथो शिखर सम्मेलनमा भाग लिने सिलसिलामा श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना आज अपराह्न राजधानी आइपुग्नुभयो ।

राष्ट्रपति सिरिसेनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नुभयो । राष्ट्रपति सिरिसेनाको सम्मानमा नेपाली सेनाको एक टोलीले सम्मान गारत प्रस्तुत गरेको थियो ।

सो अवसरमा नेपालका लागि श्रीलङ्काका राजदूत डब्ल्यू एस परेरा, श्रीलङ्काका लागि नेपाली राजदूत प्राध्यापक विश्वम्भर प्याकु¥याल तथा शिष्टाचार महापाल दीपक अधिकारीले पनि श्रीलङ्काली राष्ट्रपतिलाई स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?