डेढ वर्षपछि तामाङको मुद्दामा साक्षी बुझ्न आदेश

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २, २०८०
|
|
१८ पटक हेरिएको
Shares
डेढ वर्षपछि तामाङको मुद्दामा साक्षी बुझ्न आदेश

सारांश

  • काठमाडौँ ।
  • विशेष अदालतले सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा साक्षी बुझ्न आइतबार आदेश गरेको छ ।
  • विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उक्त मुद्दामा सरकारी पक्षका साक्षी बुझ्न आदेश गरेको हो ।

काठमाडौँ । विशेष अदालतले सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा साक्षी बुझ्न आइतबार आदेश गरेको छ । विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उक्त मुद्दामा सरकारी पक्षका साक्षी बुझ्न आदेश गरेको हो । 

आपराधिक लाभमार्फत ३ अर्ब ३१ करोड ८५ लाख ९२ हजार रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७९ भदौ १६ गते तामाङसमेतविरुद्ध आरोपपत्र दर्ता गरेको थियो । विभागले तामाङ, उनकी पत्नी, छोरीलगायत ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता गरेको हो । यो  मुद्दामा करिब ५ अर्ब रुपैयाँ बिगो मागदाबी गरिएको छ । मुद्दा दर्ता गरेको करिब डेढ वर्षपछि विशेष अदालतले साक्षी बुझ्न आदेश गरेको हो । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?