कञ्चनपुरमा साेमबार साँझ देखि मंगलबार बिहानसम्म कर्फ्यु !

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ११, २०७५
|
|
३३ पटक हेरिएको
Shares
कञ्चनपुरमा साेमबार साँझ देखि मंगलबार बिहानसम्म कर्फ्यु !

सारांश

  • भीमदत्तनगर, ११ भदौ ।
  • कञ्चनपुरको भीमदत्तनगरमा आज राति निषेधाज्ञा लगाइने भएको छ ।
  • जिल्ला प्रशासन कार्यालयले भीमदत्त नगरपालिका–४, ६ र १८ वडाका विभिन्न स्थानमा आज साँझ ६ बजेदेखि मङ्गलबार बिहान ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

भीमदत्तनगर, ११ भदौ । कञ्चनपुरको भीमदत्तनगरमा आज राति निषेधाज्ञा लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले भीमदत्त नगरपालिका–४, ६ र १८ वडाका विभिन्न स्थानमा आज साँझ ६ बजेदेखि मङ्गलबार बिहान ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । यसअघि स्थानीय प्रशासनले आज मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म निषेधाज्ञा लगाउने सूचना जारी गरेको थियो । जिल्ला सुरक्षा समितिको केहीबेर अघि सम्पन्न बैठकले निषेधाज्ञाको समय हेरफेर गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए ।

निषेधाज्ञाको समय परिवर्तनपछि अहिले महेन्द्रनगर बजार खुलेको छ । बजारमा चहलपहल बढेको छ । शैक्षिक संस्था भने आज पनि बन्द छन् । भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार गरी हत्या गरेको घटनापछि यहाँको स्थिति असामान्य बनेको थियो । स्थानीय प्रशासनले गत शुक्रबारदेखि निषेधाज्ञा लगाउँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?