पेनाल्टी चुकेका मेस्सीका नाममा जोडिए यि चार खराब तथ्य

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३, २०७५
|
|
१५ पटक हेरिएको
Shares
पेनाल्टी चुकेका मेस्सीका नाममा जोडिए यि चार खराब तथ्य

सारांश

  • कप्तान तथा स्टार खेलाडी लियोनल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेपछि अर्जेन्टिना विश्वकपको अाफ्नो पहिलो खेलमा डेब्यू टोली अाइसल्याण्डसँग १-१ को बराबरीमा रोकियो।
  •  खेलको ६३अौं मिनेटमा अाइसल्याण्डका माग्नुसनले सर्जियो अग्गुरोलार्इ लडाएपछि पाएको पेनाल्टीमा मेस्सीले गोल गर्न सकेनन्।
  • पोस्टको बायाँ तर्फ मेस्सीले गरेको प्रहारलार्इ अाइसल्याण्डका गोलकिपर हेनस हलडोर्सनले पन्च गर्दै बाहिर पठाइ दिएका थिए।

कप्तान तथा स्टार खेलाडी लियोनल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेपछि अर्जेन्टिना विश्वकपको अाफ्नो पहिलो खेलमा डेब्यू टोली अाइसल्याण्डसँग १-१ को बराबरीमा रोकियो।

 खेलको ६३अौं मिनेटमा अाइसल्याण्डका माग्नुसनले सर्जियो अग्गुरोलार्इ लडाएपछि पाएको पेनाल्टीमा मेस्सीले गोल गर्न सकेनन्। पोस्टको बायाँ तर्फ मेस्सीले गरेको प्रहारलार्इ अाइसल्याण्डका गोलकिपर हेनस हलडोर्सनले पन्च गर्दै बाहिर पठाइ दिएका थिए। 

यसअघि पहिलो हाफमा दुबै टोलीले १-१ गोल गरेका थिए। सर्जियो अग्युरोको गोलमा अाइसल्याण्डमाथि अर्जेन्टिनाले सुरुवाती अग्रता दिलाएको चार मिनेटमै अाइसल्याण्डले बराबरी गोल फर्काएको थियो।

यस खेलपछि मेस्सीका नाममा केही यस्ता तथ्यहरु बनेका छन्:

  • मेस्सीले बार्सिलोना र अर्जेन्टिनाका लागि प्रहार गरेका पछिल्ला ७ पेनाल्टीमध्ये ४ मा गोल गर्न सकेका छैनन्।
  • मेस्सीले अाइसल्याण्डविरुद्ध ११ सट प्रहार गरे तर कुनैमा पनि गोल गर्न सकेनन्। विश्वकपमा यो मेस्सीले प्रहार गरेको सबैभन्दा बढी सट हो। क्लबका लागि भने यसअघि अन्तिमपटक मेस्सीले २०१७ मा बार्सिलोनाका लागि डिपोर्टिभा डि ला करुनाविरुद्ध ११ सट प्रहार गरेका थिए। तर गोल गर्न भने असफल रहे।
  • विश्वकपमा सर्बाधिक सट प्रहार गरेपनि गोल गर्न नसक्ने खेलाडी इटालीका लुइगी रिभा हुन। उनले १९६६ स्वीडेन विरुद्ध र १९७० मा इजरायलविरुद्ध १३ सट प्रहार गरेपनि गोल भने गर्न सकेका थिएनन। त्यसयता सर्बाधिक सट प्रहार गरेर पनि गोल गर्न नसक्ने खेलाडी मेस्सी बनेका छन्।
  • पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले उद्घाटन खेलमा बलियो प्रतिद्वन्द्वी स्पेनसँग चार सट प्रहार गरेकोमा ३ गोल गरेका थिए। तर, मेस्सीले उद्घाटन खेलमा कमजोर मानिएको अाइसल्याण्डसँग ११ सट प्रहार गरेपनि कुनै गोल गर्न सकेनन।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bhoj Raj Pathak

    Stupid headline , title.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?