पार्टीभित्र गुट हुनु स्वाभाविक होः नेता कोइराला

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १०, २०७५
|
|
२० पटक हेरिएको
Shares
पार्टीभित्र गुट हुनु स्वाभाविक होः नेता कोइराला

सारांश

  • चितवन।
  • नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र गुट हुनु स्वाभाविक भए पनि गिरोह हुनु दुर्भाग्यपूर्ण हुने बताएका छन्।
  •   नेपाली काङ्ग्रेस चितवनले आइतबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, “गिरोहले पार्टी सञ्चालन गरे त्यो खतरनाक हुन्छ।
चितवन। नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र गुट हुनु स्वाभाविक भए पनि गिरोह हुनु दुर्भाग्यपूर्ण हुने बताएका छन्। 
नेपाली काङ्ग्रेस चितवनले आइतबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, “गिरोहले पार्टी सञ्चालन गरे त्यो खतरनाक हुन्छ।” 
नेता कोइरालाले पार्टीको प्रतिपक्षको भूमिकामा गुट हुने र यसले पार्टी बलियो बनाउन सहयोग पुग्ने बताउँदै गुटले नेतृत्वलाई पार्टी बनाउन सघाउँछ भने। 
गणतन्त्र र सङ्घीयता काङ्ग्रेसको एजेण्डा रहेको उल्लेख गर्दै उनले कम्युनिष्टहरु जनवादी केन्द्रीयतामा विश्वास गर्ने बताए। 
नेता कोइरालाले सरकारले चौतर्फी रुपमा हस्तक्षेपकारी भूमिका निर्वाह गरेको भन्दै शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा गरेको हस्तक्षेप मान्य नहुने बताए। 
काङ्ग्रेसका नेत्रीद्वय सीता गुरुङ र डा डिला सङ्ग्रौलाले काङ्ग्रेस हारे पनि सिद्धान्त र आदर्शको विजय भएको बताए। 
काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेता देवराज चालिसे, जिल्ला उपसभापति कैलाश कोइराला लगायतले पार्टीको संस्थागत विकासमा जोड दिनुपर्ने बताए। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
माइनस ३२ डिग्रीमा एभरेष्ट चढेर रचिन इतिहास
माइनस ३२ डिग्रीमा एभरेष्ट चढेर रचिन इतिहास
बी एण्ड सी हस्पिटलको स्वास्थ्य मन्त्रालयको प्रतिवेदनप्रति आपत्ति
बी एण्ड सी हस्पिटलको स्वास्थ्य मन्त्रालयको प्रतिवेदनप्रति आपत्ति
ब्राजिलको रात्रि क्लबमा गोली चल्दा तीन जनाको मृत्यु
ब्राजिलको रात्रि क्लबमा गोली चल्दा तीन जनाको मृत्यु
ट्यालेन्ट हन्टबाट देशकै सर्वाधिक ठूलो राशीको धनगढी प्रिमियर लिग (डिपीएल)खेल्ने मौका
ट्यालेन्ट हन्टबाट देशकै सर्वाधिक ठूलो राशीको धनगढी प्रिमियर लिग (डिपीएल)खेल्ने मौका
कुलुङ तथा मेवाहाङलाई आदिवासी जनजातिमा सूचीकृत गर्न प्रधानमन्त्रीसमक्ष माग
कुलुङ तथा मेवाहाङलाई आदिवासी जनजातिमा सूचीकृत गर्न प्रधानमन्त्रीसमक्ष माग
फोर्ब्सको सूचीमा परेकी गल्फ खेलाडी प्रतिमा भन्छिन्, ‘कोरोनाले खुशी साँट्नै पाइनँ’
फोर्ब्सको सूचीमा परेकी गल्फ खेलाडी प्रतिमा भन्छिन्, ‘कोरोनाले खुशी साँट्नै पाइनँ’
अलपत्र ठेक्का १,८४८, जोखिममा १ खर्ब १८ अर्ब
अलपत्र ठेक्का १,८४८, जोखिममा १ खर्ब १८ अर्ब
मुसहर महिलाका लागि पतिङ्गर अतिरिक्त आम्दानीको स्रोत
मुसहर महिलाका लागि पतिङ्गर अतिरिक्त आम्दानीको स्रोत
नवलपुर-१ बाट चौथोपटक चुनावी प्रतिस्पर्धामा कोइराला
नवलपुर-१ बाट चौथोपटक चुनावी प्रतिस्पर्धामा कोइराला

तपाईंले छुटाउनुभयो कि?