निसर्ग चक्रवातका कारण काठमाडौँ सहित मध्य र पश्चिम क्षेत्रमा अविरल वर्षा
सारांश
- नेपालमा अरब सागरको निसर्ग चक्रवात कमजोर भई बनेको न्युन चापीय क्षेत्रको प्रभावले पश्चिम देखि मध्य नेपालसम्म वर्षा भएको छ ।
- काठमाडौं उपत्यकालगायतका पश्चिम र मध्य पहाडका जिल्लाहरुमा गएराति देखि अविरल वर्षा भइरहेको छ ।
- मौसम पूर्वानुमान महाशाखाका अनुसार आजपनि मध्य क्षेत्रमा भारी वर्षाको सम्भावना छ ।
नेपालमा अरब सागरको निसर्ग चक्रवात कमजोर भई बनेको न्युन चापीय क्षेत्रको प्रभावले पश्चिम देखि मध्य नेपालसम्म वर्षा भएको छ । काठमाडौं उपत्यकालगायतका पश्चिम र मध्य पहाडका जिल्लाहरुमा गएराति देखि अविरल वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आजपनि मध्य क्षेत्रमा भारी वर्षाको सम्भावना छ । प्रदेश २ र बागमती प्रदेशमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ । प्रदेश ५, सुदरपश्चिम प्रदेश, कर्णाली र गण्डकी प्रदेशमा पनि वर्षाको सम्भावना रहेको छ ।
साँझ पनि देशको अधिकांश भागमा हल्का वर्षाको सम्भावना छ । देशमा अहिले स्थानीय वायु, पश्चिम वायु र निसर्ग चक्रवात कमजोर भई बनेको न्युन चापीय क्षेत्रको प्रभाव रहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया