बीपीएलको डेब्यू खेलमै सन्दीपको शानदार प्रदर्शन, ४ ओभरमा २ विकेट, १६ रन (live video)

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २२, २०७५
|
|
१६ पटक हेरिएको
Shares
बीपीएलको डेब्यू खेलमै सन्दीपको शानदार प्रदर्शन, ४ ओभरमा २ विकेट, १६ रन (live video)

सारांश

  • काठमाडौं ।
  • नेपाली राष्ट्रिय टीमका सदस्य सन्दीप लामिछानेले आइतबार बंगलादेश प्रीमियर लिग (बीपीएल) मा डेब्यु गरेका छन् ।
  • बंगलादेशको ढाकामा भएको खेलमा सन्दीपले सिल्हेट सिक्सरको तर्फबाट बीपीएलमा कोमिला भिक्टोरियन्सविरुद्ध खेलेर बीपीएल यात्रा शुरु गरेका हुन् ।

काठमाडौं । नेपाली राष्ट्रिय टीमका सदस्य सन्दीप लामिछानेले आइतबार बंगलादेश प्रीमियर लिग (बीपीएल) मा डेब्यु गरेका छन् ।

बंगलादेशको ढाकामा भएको खेलमा सन्दीपले सिल्हेट सिक्सरको तर्फबाट बीपीएलमा कोमिला भिक्टोरियन्सविरुद्ध खेलेर बीपीएल यात्रा शुरु गरेका हुन् ।

बीपीएलको पहिलो खेलमै सन्दीपले उत्कृष्ट बलिंग गरेका छन् । सम्भवत भिक्टोरियन्सका सबैभन्दा धेरै अनुभवी ब्याट्सम्यान पाकिस्तानी क्रिकेटर सोयब मलिकलाई क्याच आउट गराएर सन्दीपले बीपीएलको आफ्नो पहिलो विकेट लिए । त्यसपछि उनले बंगलादेशका एनामुल हकलाई बोल्ड गर्दै खेलमा दुई विकेट लिए ।

२ विकेट लिन उनले खेलमा ४ ओभर बलिंग गरेका थिए । उनले दुई वाइडसहित जम्मा १६ रनमात्र दिएर दुई महत्वपूर्ण विकेट लिएका हुन् ।

सन्दीपको टीम सिक्सरले पहिला ब्याटिंग गरेर भिक्टोरियन्सलाई १२८ रनको लक्ष्य दिएको थियो ।
लक्ष्य पछ्याइरहेको भिक्टोरियन्सले ब्याटिंग गरिरहेको छ । यो समाचार तयार पार्दासम्म उसले १६ ओभरमा ५ विकेट गुमाएर ९१ रन बनाएको छ ।

https://www.youtube.com/watch?v=xi3uJ1CDYWk

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?