कोरोना भाइरसबाट मृत्यु भएमा यस्तो छ शव व्यवस्थापन गर्ने कार्यविधि

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ४, २०७७
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • सरकारले कोरोना भाइरस (कोभिड-१९)ले कसैको मृत्यु भएमा कसरी शव व्यवस्थापन गर्ने भनेर कार्यविधि बनाएको छ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शव व्यवस्थापन कार्य्विधि बनाएको हो।
  • मृत्यु भएको व्यक्तिको अन्तिम कर्म अन्य रोगी अर्थात् मृतकको जस्तो हुँदैन।

सरकारले कोरोना भाइरस (कोभिड-१९)ले कसैको मृत्यु भएमा कसरी शव व्यवस्थापन गर्ने भनेर कार्यविधि बनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शव व्यवस्थापन कार्य्विधि बनाएको हो।

मृत्यु भएको व्यक्तिको अन्तिम कर्म अन्य रोगी अर्थात् मृतकको जस्तो हुँदैन। सरकारले तयार पारेको कार्य्विधि अनुसार शव उठाउनुअघि शव वाहनका चालक र कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अनिवार्य लगाउनुपर्छ।

कार्य्विधि अनुसार अन्तिम संस्कारमा सहभागी हुने आफन्त र नातेदार सबैले अनिवार्य रुपमा पन्जा, चस्मा, टोपी, मास्क सहितको पीपीई लगाउनुपर्ने छ।

मृतकको शवलाई कमभन्दा कम चलाउने गर्नुपर्छ। कार्य्विधिमा उल्लेख भए अनुसार शवमा लागेका पाइप, केथेटरलगायत सामग्री हटाउँदा सर्तकता अपनाउनुपर्छ।

शवको कुनै भागबाट रगत बगिरहेको भए होसियारीपूर्वक बन्द गर्नुपर्नेछ। मृतकलाई अन्तिम संस्कार गर्ने घाटसम्म लान साधारण शव वाहनको प्रयोग गर्न सकिन्छ तर, सकेसम्म शवलाई छिटो अन्तिम संस्कार गर्ने ठाउँमा र्पुयाउनुपर्नेछ।

६० वर्ष उमेर कटेका व्यक्ति र दीर्घ रोगीलाई कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको नजिकै जान दिनु नहुने कार्यविधिमा उल्लेख छ।

अन्तिम संस्कार गर्नु अघि आफ्नो कुल परम्परा अनुसार शव नछोई पानी छर्किने, पाठ गर्ने र फूलमाला चढाउने गर्नुपर्छ। मृतकका आफन्तले शव हेर्न चाहेमा नछोइकन कम्तिमा एक मिटर टाढाबाट एक–एक जनाले पालैपालो हेर्न पाउनेछन्। अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?