पिएसजी फाइनलमा: रेनलाई ३-२ गोल अन्तरले हरायो

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०७४
|
|
२९ पटक हेरिएको
Shares
पिएसजी फाइनलमा: रेनलाई ३-२ गोल अन्तरले हरायो

सारांश

  • एजेन्सी, माघ १७ ।
  •  पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
  • १० खेलाडीमा सिमित पिएसजीले रेनलाई ३-२ गोल अन्तरमा हराउँदै उपाधि नजिक पुगेको हो ।

एजेन्सी, माघ १७ । पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । १० खेलाडीमा सिमित पिएसजीले रेनलाई ३-२ गोल अन्तरमा हराउँदै उपाधि नजिक पुगेको हो ।

पिएसजीका लागि थोमस मेएनिएर, काक्विनहोस र गिओवानी लो सेल्सोले गोल गरेका थिए। रेनका लागि त्यसपछि डिएफ्रा साखो र सान्जिन प्रिसिकले गोल गरे ।

यस्तै रेनका विङ्गर वाहबी खाज्रीले गोल गरेका थिए तर भिएआरको सहायताले ह्याण्डबल देखिएकाले रेफ्रीले त्यसलाई मान्यता दिएनन् ।

केलियन एमबाप्पे रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पिएसजी १० खेलाडीमा सीमित भएको थियो ।

६३ औँ मिनेटमा इस्माइला सारसँग खराब ट्याकल गरेका एमबाप्पेलाई रेफ्रीले भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) ले रातो कार्ड देखाएका हुन्  ।

पिएसजीले मोनाको वा मोन्टपेलिएरसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?