कांग्रेसले वर्तमान सरकारको विकल्प दिन सक्दैन : ओली

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १२, २०८०
|
|
४० पटक हेरिएको
Shares
कांग्रेसले वर्तमान सरकारको विकल्प दिन सक्दैन : ओली

सारांश

  • काठमाडौं ।
  • नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले वर्तमान सरकारको बिकल्प दिन नसक्ने बताएका छन् ।
  • शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले आफुहरु अहिले सरकारमा जान नचाहेको र कांग्रेसले वर्तमान सरकारको बिकल्प दिन नसक्ने अवस्थामा रहेको बताए ।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले वर्तमान सरकारको बिकल्प दिन नसक्ने बताएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले आफुहरु अहिले सरकारमा जान नचाहेको र कांग्रेसले वर्तमान सरकारको बिकल्प दिन नसक्ने अवस्थामा रहेको बताए ।

उनले प्रमुख पार्टीहरु जिम्मेवार हुँदा भने अर्को बिकल्प हुन सक्ने धारणा राखे । ओलीले नेपालको चुच्चे नक्सा बारे प्रधानमन्त्रीले चीन भ्रमणमा कुरा नउठाउनु कमजोरी भएको र राष्ट्रियताप्रति चिन्ता नदेखिएको बताए । त्यस्तै ओलीले कोशी प्रदेश मध्यावधिमा जान सक्ने अवस्था नरहेपछि गठबन्धन दलका कारण मध्यावधिमा गएको अवस्थामा एमालेले भारी मत ल्याउने दावी गरे ।

अध्यक्ष ओलीले पार्टीको प्रदेश अधिवेशनमा पार्टी अध्यक्षले भनेको कुरा नेता कार्यकर्ताले मानेनन् भन्ने गलत प्रचार भइरहेको भन्दै आफूले सके सर्वसम्मति नभए स्वस्थ प्रतिस्पर्धा गर्न सुझाव मात्रै दिएको जिकिर गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?