अस्पतालमै विरामीले आत्महत्या गरेपछि !

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २१, २०७४
|
|
१९ पटक हेरिएको
Shares
अस्पतालमै विरामीले आत्महत्या गरेपछि !

सारांश

  • रत्ननगर ।
  • चितवनको भरतपुर अस्पतालको झ्यालबाट हाम्फाल्दा एक बिरामीको मृत्यु भएको छ ।
  • पश्चिम चितवनको जगतपुरस्थित ध्रुव घर भएका ५२ वर्षीय धनराज सुब्बाको यसरी मृत्यु भएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

रत्ननगर । चितवनको भरतपुर अस्पतालको झ्यालबाट हाम्फाल्दा एक बिरामीको मृत्यु भएको छ ।

पश्चिम चितवनको जगतपुरस्थित ध्रुव घर भएका ५२ वर्षीय धनराज सुब्बाको यसरी मृत्यु भएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

उनी यही फागुन १९ गते अल्कोहलका कारण प्याङक्रियाज सुनिएर उपचारका लागि भरतपुर अस्पतालमा भर्ना भएका थिए ।

भरतपुर अस्पतालको मेडिकल वार्डमा उपचाररत सुब्बाको आइतबार साँझ करिव ५ः३० बजेको समयमा अस्पतालको झ्यालबाट हाम्फालेर मृत्यु भएको ढकालले जानकारी दिए ।

उनका अनुसार सुब्बाले अस्पतालको शौचालयको झ्यालबाट हाम्फालेका थिए । गम्भीर अवस्थामा भेटिएका उनको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा युवानिधि बस्यौलाका अनुसार उनको आकस्मिक कक्षमा उपचारकै क्रममा मृत्यु भएको र शवलाई अस्पतालमै राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?