चीनले पानी राेकेपछि भारतमा सुख्खा, दुइ देशबिच विवाद सुरू

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक ७, २०७५
|
|
२४ पटक हेरिएको
Shares
चीनले पानी राेकेपछि भारतमा सुख्खा, दुइ देशबिच विवाद सुरू

सारांश

  • नयाँदिल्ली ।
  • नेपालका दुई छिमेकी भारत र चीनबीच आर्थिक क्षेत्रमा सहकार्य र प्रतिस्पर्धामात्र नभै दुई देशबीच केही क्षेत्रमा तीब्र विवाद पनि छ ।
  • दोक्लम काण्डको घाउमा खाटा नबस्दै दुई देशबीच अर्को विवाद सुरु भएको छ– ब्रह्मपुत्र नदीको पानी ।

नयाँदिल्ली । नेपालका दुई छिमेकी भारत र चीनबीच आर्थिक क्षेत्रमा सहकार्य र प्रतिस्पर्धामात्र नभै दुई देशबीच केही क्षेत्रमा तीब्र विवाद पनि छ । दोक्लम काण्डको घाउमा खाटा नबस्दै दुई देशबीच अर्को विवाद सुरु भएको छ– ब्रह्मपुत्र नदीको पानी । चीनले पानी रोकेपछि अरुणाञ्चल प्रदेशको एक ठूलो हिस्सामा सुक्खा लागेको छ ।

भारतीय सीमामा चीनद्वारा लगातार घूसपेठ गरेको खबरका बीच तिब्बतको बाटो गरी भारतमा बग्दै आएको ब्रह्मपुत्रको पानी चीनले रोकिदिएको हो । अरुणाञ्चल प्रदेशका कंग्रेसका सांसद निनोङ एरिङले केन्द्रीय जल संसाधन राज्यमन्त्री अर्जुन मेघवाललाइ पत्र लेखेर यो विषयमा जानकारीसमेत गराइसकेका छन् । नदीको पानी रोकिएपछि अरुणाञ्चल प्रदेशका तुतिङ, यिङकियोङ तथा पासीघाट क्षेत्रमा सुक्खा लागेको उनले पत्रमा उल्लेख गरेका छन् । उनले आफ्नो चिठीमा विदेश मन्त्री सुष्मा स्वराज तथा अर्जुन राम मेघालसँग यो विषयमा हस्तक्षेप गर्नका लागि आग्रह गरेका छन् ।

चीनले तिब्बतमा बग्ने यारलुङ साङ्पो नदीको पानी रोकिदिएको छ । अरुणाञ्चलमा प्रवेश गरेपछि यो नदीलाई सियाङको नामले चिनिँदै आएको छ । आसाममा आएपछि यो नदीलाई ब्रह्मपुत्रको नामले चिनिन्छ । कंग्रेस सांसद निनोङ एरिङले केन्द्रीय जल संसाधन राज्य मन्त्री अर्जुन राम मेघवाललाई लेखेको आफ्नो चिठीमा चीनका जल संसाधन मन्त्रालयले यो नदीको मिलिन खण्डमा भारी मात्रामा भूस्खलन भएको जानकारी दिएको उल्लेख गरेका छन् । यसैका कारण १६ अक्टोबरदेखि ब्रह्मपुत्रको मख्यधार प्रभावित भएको जनाइएको छ ।

अरुणाञ्चल प्रदेशको पश्चिम सियाङ जिल्ला प्रशासनले जनतालाई एड्भाइजरी जारी गरेर आमनागरिकलाई नदी क्षेत्रबाट टाढै रहन आग्रह गरेको छ । विशेष गरी माछा समात्ने समयमा धेरै होसियार रहनका लागि उनीहरूलाई सुझाइएको छ । यदि चीनले पानी छोड्यो भने बाढी पनि आउन सक्ने भएकाले उनीहरूलाई नदीबाट टाढै रहनका लागि आग्रह गरिएको हो । हालसालै मात्र भारत र चीनबीच यारलुङ साङ्पो नदीको पानीको डाटा साझा गर्ने विषयमा सम्झौता भएको थियो । कंग्रेस सांसदले चीनले साङ्पो नदीको अवरोधमाथि नजिकैबाट नियालिरहेको पत्रमा उल्लेख गरेका छन् । यदि अगाडि कुनै सूचना आयो भने चीनले यसको बारेमा सूचना दिने सम्झौतामा उल्लेख गरिएको छ ।भारत सरकारले यो विषयमा सक्रिय हुन आवश्यक भएको उनले लेखेको पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?