‘पुनःनिर्माणमा प्रमुखभन्दा राजनीति गर्ने ल्याइए’
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनर्निमार्णको काम तिव्र गतिमा अघि बढेको बताएका छन् ।
- काभ्रेपलान्चोकको सञ्जीवनी नमूना माध्यमिक विद्यालय धुलिखेलमा भवनको उद्घाटन गर्दै गठन भएको प्राधिकरणले आफ्नो बहिर्गमनसँगै काम गर्न नसकेको प्रधानमन्त्री ओलीले बताए ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनर्निमार्णको काम तिव्र गतिमा अघि बढेको बताएका छन् ।
काभ्रेपलान्चोकको सञ्जीवनी नमूना माध्यमिक विद्यालय धुलिखेलमा भवनको उद्घाटन गर्दै गठन भएको प्राधिकरणले आफ्नो बहिर्गमनसँगै काम गर्न नसकेको प्रधानमन्त्री ओलीले बताए ।
“हामी सरकारबाट हटेपछि प्राधिकरणका प्रमुखलाई पनि हटाइयो । त्यसपछि पुनर्निमार्ण भन्दा राजनीति गर्ने प्रमुख ल्याइए” प्रधानमन्त्री ओलीले भने, “जसले गर्दा पुनर्निमाणको गति एकदमै सुस्त भयो ।” प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठनसँगै प्राधिकरण काममा गति बढाएको बताए ।
“अब हाम्रा हरेक कामहरु यस्तै गतिशील र तिव्र रुपमा हुनुपर्दछ हाम्रा संरचनाहरु सुरक्षित र भूकम्पप्रतिरोधी पनि हुनुपर्दछ ।”
प्रधानमन्त्री ओलीले शिक्षाले व्यक्तिलाई स्वरोजगारको अवसर दिनुपर्ने बताए । “एमएम पढेको मान्छेले ध्वनीलाई लिपी र लिपीलाई ध्वनीमा परिणत मात्र गर्न सक्ने भने त्यसको के काम” प्रधानमन्त्री ओलीले भने, “त्यसकारण साक्षर बनाउने मात्र होइन जीवन निर्वाह गर्न सिकाउने शिक्षाको आवश्यकता छ ।”
प्रधानमन्त्री ओलीले शिक्षामा नैतिकता र इमान्दारिताको पाटो कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गरे । “जसले बढी अपमानजनक शब्द प्रयोग गर्छ त्यही सुरो हुने, जसले अफवाह फैलाउछ त्यही ठुलो सुचनादाता हुने । यस्तो अवस्थाबाट समाजलाई बाहिर ल्याउनुपर्दछ” प्रधानमन्त्रीको भनाइ छ, “शिक्षक जस्तै भद्र हुनुपर्यो, पत्रकार सही सुचनाको संवाहक हुनुपर्यो जो जुन पेशामा छ त्यो पेशाको मर्यादा कायम राख्न सक्ने हुनुपर्यो ।”
प्रधानमन्त्री ओलीले सामुदायिक विद्यालयहरुले शैक्षिक गुणस्तर उठाउन लागि सरकारले सहयोग गर्ने बताउँदै “सामुदायिक विद्यालयमा गुणस्तर कायम हुन नसक्दा निजीमा महंगो पैसा तिरेर छोराछोरी पढाउनु परेको छ” भनाइ छ ।
“सामुदायिक विद्यालयका शिक्षकले पनि निजीसँग प्रतिश्पर्धा गर्न सक्ने गरीवका विद्यार्थी उत्पादन गर्नुहोस् । यसमा सरकारको साथ रहन्छ ।”
प्रतिक्रिया