प्रधानमन्त्री गृहजिल्ला डडेल्धुराको अजयमेरुमा कांग्रेसको आधिकारिकभन्दा बागी अगाडि

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १५, २०७४
|
|
२२ पटक हेरिएको
Shares
प्रधानमन्त्री गृहजिल्ला डडेल्धुराको अजयमेरुमा कांग्रेसको आधिकारिकभन्दा बागी अगाडि

सारांश

  • डडेल्धुराको अजयमेरु गाउँपालिकामा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारभन्दा बागी उम्मेदवारले बढी मत ल्याएका छन्।
  • कांग्रेसको आधिकािरक उम्मेदवार कमलसिंह भाटले १२४ मत ल्याएका छन् भने बागी उम्मेवार लोकराज भट्टले १४४ मत ल्याएर उनलाई उछिनेका छन्।
  •  उपाध्यक्षमा पनि आधिकारिक उम्मेदवार कमला बिष्टले भन्दा बागी उम्मेदवार किशोर बिष्टले बढी मत ल्याएका छन्।

डडेल्धुराको अजयमेरु गाउँपालिकामा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारभन्दा बागी उम्मेदवारले बढी मत ल्याएका छन्।

कांग्रेसको आधिकािरक उम्मेदवार कमलसिंह भाटले १२४ मत ल्याएका छन् भने बागी उम्मेवार लोकराज भट्टले १४४ मत ल्याएर उनलाई उछिनेका छन्। उपाध्यक्षमा पनि आधिकारिक उम्मेदवार कमला बिष्टले भन्दा बागी उम्मेदवार किशोर बिष्टले बढी मत ल्याएका छन्।

कांग्रेसको यो आन्तरिक विवादले माओवादी केन्द्रलाई फाइदा पुगेको छ। मुख्य निर्वाचन अधिकृत चिरञ्जिवी गिरीका अनुसार माओवादीका अध्यक्ष उम्मेदवार उमेशप्रसाद भट्ट २४८ मत ल्याएर अगाडि छन् । उपाध्यक्ष कलावती भानले २१६ मत ल्याएका छन्।

दोस्रो स्थानमा रहेको एमालेका अध्यक्ष उम्मेदवार धनबहादुर साउदले १९५ र उपाध्यक्षका सुष्मिता पन्तले १९८ मत ल्याएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?