कामीरिताको फेरि अर्को नयाँ कीर्तिमान
सारांश
- काठमाडौँ।
- आरोही कामीरिता शेर्पाले सगरमाथाको २४औँ पटक सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन्।
- शेर्पाले यसअघिको आफ्नै २३औँ पटकको सगरमाथा आरोहणको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएका हुन्।
काठमाडौँ। आरोही कामीरिता शेर्पाले सगरमाथाको २४औँ पटक सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन्। शेर्पाले यसअघिको आफ्नै २३औँ पटकको सगरमाथा आरोहणको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएका हुन्। कामीरितालो आज बिहान ६ः३८ बजे सगरमाथाको २४औँ पटक आरोहण गरेको सगरमाथाको आधार शिविरमा रहनुभएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।
यसअघि आरोही शेर्पाले जेठ १ गते सगरमाथाको २३औँ पटक आरोहण गरेका थिए। उनी सात दिनको अवधिमै पुनः सगरमाथाको आरोहण गर्न सफल भएका छन्। यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण गत वैशाख ३१ गते शुरु भएको थियो। सोलुखुम्बुको थामेगाउँमा जन्मनुभएका ४९ वर्षीय कामीरिताले आगामी वर्ष २५औँ पटक सगरमाथा आरोहण गरेर सन्न्यास लिने यसअघि नै बताइसकेका छन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया