पुरुषको नजरबाट बच्न ब्रेस्ट आयरनिङ
सारांश
- बीबीसी।
- ब्रेस्ट आइरनिङ अर्थात छातीलाई तातो बस्तुले दबाउनु।
- यो परम्परा अनुसार युवतीको छातीलाई कनै तातो बस्तुले दबाइन्छ।
बीबीसी। ब्रेस्ट आइरनिङ अर्थात छातीलाई तातो बस्तुले दबाउनु।
यो परम्परा अनुसार युवतीको छातीलाई कनै तातो बस्तुले दबाइन्छ। उसको उद्देश्य भनेको उनीहरुको स्तन ढिलो गरी आयोस। यो यसकारण गरिन्छ की उनीहरुप्रति पुरुषको ध्यान नजाओस्।
यस्तो परम्परा विशेष गरी पश्चिमी अफ्रिकाबाट सुरु भएको हो। तर अहिले बेलायतसहित अन्य युरोपेली मुलुकसम्म यो परम्परा पुगेको छ।
यही कारण बेलायतको नेशनल एजुकेशन युनियनले ब्रेस्ट आयरनिङका बारेमा जानकारी दिन स्कुलको पाठ्यक्रममा सामेल गर्न आग्रह गरेको छ।
‘रुन पनि दिइएन’
किनाया (नाम परिवर्तन) बेलायतमा बस्छिन्। उनको परिवार पश्चिमी अफ्रिकाबाट यहाँ आएको हो। ब्रेस्ट आयरनिङको सुरुवात पनि यही इलाकाबाट भएको हो। जब उनी दश वर्षकी भइन् तब उनले पनि यो प्रक्रियाबाट गुज्रिनुपर्यो।
उनले भनिन्, ‘मलाइ आमाले यदि तिमीले छाती दबाइनौ भने पुरुष तिमीसँग यौन सम्पर्क गर्न आउन थाल्छन् भन्न् भयो।’ अधिकांश आमाहरुले नै आफ्नी छोरीको ब्रेस्ट आयरनिङ गराउँछन्।
यो प्रक्रियामा एउटा ढुंगा वा अन्य कुनै चम्चालाई आगोमा राखेर तातो बनाइन्छ। र बालिकाको छातीलाई सो तातो चम्चा वा ढुंगाले दबाइन्छ। यस्तो पक्रिया कहिले काँही त महिनौंसम्म पनि चल्छ।
किनाया भन्छिन्, ‘यो त्यस्तो दुखाइ हुन्छ जो धेरै समयसम्म पनि जारी रहन्छ। तपाइँलाई रुन पनि दिइँदैन। यदि तपाइँ रुनु भयो भने तपाइँले परिवारलाई लज्जित बनाएको अर्थमा बुझिन्छ।’
किनाया अब वयस्क छिन्। र, उनकी पनि छोरी जन्मिएकी छन्। जब उनकी ठूली छोरी दश वर्षकी भइन् तब किनायाका आमाले ब्रेस्ट आयरनिङ गर्न सुझाव दिएकी थिइन्।
‘तर मैले म मेरी छोरीलाई यो दर्दनाक प्रक्रियाबाट गुज्रिन दिन्न भनेर मैले जवाफ दिएँ,’ उनले भनिन्, ‘किनभने मलाइ आज पनि त्यो दुखाइको अनुभव हुन्छ।’
अहिले उनी आफ्नो परिवार भन्दा बेग्लै बस्छिन्। उनलाई के लाग्छ भने आफ्नो सहमित विना पनि आफ्नी छोरीलाई यो प्रक्रियामा सहभागी गराउन सक्छन्। यही कारण उनी आफ्नो परिवारबाट अगल भएकी हुन्। एक अनुमानका अनुसार बेलायतमा पनि करिव एक हजार युवती यो प्रक्रियाबाट गुज्रिनु पर्छ।
ब्रेस्ट आयरनिङ कानुनको भाषामा कुनै अपराध होइन। तर बेलायतको गृहमन्त्रालय यसलाई बच्चाको शोषणको श्रेणीमा राख्छ, र यस्ता विषयमा सामान्य कानुन अनुसार मुद्दा पनि चलाउँछ।
बेलायती प्रहरीसँग सुरक्षा लेक्चररका रुपमा काम गर्ने पूर्व स्त्री रोग सम्बन्धि नस एंजी म्यारियत भन्छिन्, ‘बेलायतमा यो परम्पराका विषयमा जानकारी छैन। किनभने धेरै मुद्दा प्रहरी समक्ष पुग्दैनन्।’
उनी यसलाई एक संवेदनशील र लुकेको अपराध मान्छिन्। किनभने महिला यो विषयमा समाजिक दवाबका कारण बोल्न डराउँछन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया