फेवा किनारमा नववर्ष महोत्सव

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २९, २०७९
|
|
२१ पटक हेरिएको
Shares
फेवा किनारमा नववर्ष महोत्सव

सारांश

  • कास्की ।
  • नयाँ वर्ष २०८० को छेकोमा पोखराको फेवा किनारमा ‘१८औँ फेवा नववर्ष महोत्सव’ सुरु भएको छ ।
  • होटल सङ्घ पोखराद्वारा आयोजित महोत्सवको बुधबार पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।

कास्की । नयाँ वर्ष २०८० को छेकोमा पोखराको फेवा किनारमा ‘१८औँ फेवा नववर्ष महोत्सव’ सुरु भएको छ । होटल सङ्घ पोखराद्वारा आयोजित महोत्सवको बुधबार पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।

कोभिड-१९ महामारी, आर्थिक सङ्कटजस्ता कारणबाट शिथिल बनेको पर्यटन व्यवसायलाई उकास्ने उद्देश्यले महोत्सव आयोजना गरिएको होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । ‘पर्यटक भित्र्याउन, संस्कृति देखाउन र स्थानीय खानाको स्वाद चखाउन महोत्सव आयोजना गरिएको हो,’ उनले भने, ‘पोखराको पर्यटन प्रवद्र्धनमा नववर्ष महोत्सवले महत्वपूर्ण टेवा पु¥याउँदै आएको छ ।’

महोत्सवको मुख्य ‘थिम’ नै पर्यटन, संस्कृति र खाना रहेको छ । लेकसाइडको फिस्टेल गेटदेखि हल्लनचोकसम्मको सडकमा वैशाख १ गतेसम्म महोत्सव चल्नेछ । महोत्सवको अवसरमा पोखराका व्यवसायीले होटलमा २० प्रतिशत छुटको व्यवस्था गरेका छन् ।

महोत्सवले पर्यटकीय गतिविधि बढ्ने विश्वास आयोजकले लिएको छ । पछिल्लो समय पर्यटक आगमन घटेपछि व्यवसायी चिन्तित छन् । महोत्सव अवधिभभर विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दलहरुद्वारा चुनावी चहलपहल तीव्र
दलहरुद्वारा चुनावी चहलपहल तीव्र
सौराहा होटल सुनसान, व्यवसायी पलायन हुने अवस्थामा
सौराहा होटल सुनसान, व्यवसायी पलायन हुने अवस्थामा
शीतल निवासमा आज साढे ११ बजे तीन नयाँ मन्त्रीको शपथ, गृहमन्त्री चयनलाई लिएर आलोचना
कोरोना संक्रमणः नेपालका लागि यो साता चूनौतिपूर्ण
कोरोना संक्रमणः नेपालका लागि यो साता चूनौतिपूर्ण
अपहरणमा परेका पटवालको प्रहरीद्वारा उद्धार, आठजना पक्राउ
अपहरणमा परेका पटवालको प्रहरीद्वारा उद्धार, आठजना पक्राउ
विश्वकप फुटबल २०१८: रोनाल्डोको बेगमा कत्तिकाे टिक्ला त मोरोक्को ?
विश्वकप फुटबल २०१८: रोनाल्डोको बेगमा कत्तिकाे टिक्ला त मोरोक्को ?
नयाँ प्रदेश प्रमुखहरुलाई नजिकबाट चिन्नुस्
नयाँ प्रदेश प्रमुखहरुलाई नजिकबाट चिन्नुस्
फेसबुक, ट्वीटर, गुगल आफ्नो विरुद्ध लागेको ट्रम्पको आरोप
फेसबुक, ट्वीटर, गुगल आफ्नो विरुद्ध लागेको ट्रम्पको आरोप
काभ्रेको सर्वोद्वार माविका विद्यार्थीलाई लुगा, जुत्ता लगायतका सामग्री वितरण
काभ्रेको सर्वोद्वार माविका विद्यार्थीलाई लुगा, जुत्ता लगायतका सामग्री वितरण
नयाँ स्मार्ट लाइसेन्सका लागि आगामी आइतवारदेखि आवेदन खुला गरिने
नयाँ स्मार्ट लाइसेन्सका लागि आगामी आइतवारदेखि आवेदन खुला गरिने

तपाईंले छुटाउनुभयो कि?