झण्डै २३ लाखको लागतमा घोराही उपमहानगरको १३ र १९ का जनता जोडिए

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १८, २०७५
|
|
१७ पटक हेरिएको
Shares
झण्डै २३ लाखको लागतमा घोराही उपमहानगरको १३ र १९ का जनता जोडिए

सारांश

  • दाङ, १८ असार ।
  • घोराही उपमहानगरपालिका वडा नम्बर १३ र १९ लाई जोड्न सेवारखोलाको लापेमा झोलुङ्गे पुल निर्माण भएको छ ।
  • झण्डै २३ लाख रुपैयाँको लागतमा वडा नम्बर १३ लापेदेखि वडा नम्बर १९ साधन धोक्रे जोड्ने झोलुङ्गे पुलको निर्माण भएको हो ।

दाङ, १८ असार । घोराही उपमहानगरपालिका वडा नम्बर १३ र १९ लाई जोड्न सेवारखोलाको लापेमा झोलुङ्गे पुल निर्माण भएको छ । झण्डै २३ लाख रुपैयाँको लागतमा वडा नम्बर १३ लापेदेखि वडा नम्बर १९ साधन धोक्रे जोड्ने झोलुङ्गे पुलको निर्माण भएको हो ।

सेवा प्रतिष्ठान तुलसीपुरले जिम्मा लिएर सेवारखोलामा बनाएको उक्त पुलको सोमबार घोराही उपहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले रिबन काटेर उद्घाटन गरे ।

जिल्ला समन्वय समिति जिल्ला प्राविधिक कार्यालयको २१ लाख २ हजार ९ सय ५४ रुपैयाँ, घोराही उपमहानगरपालिकाको १ लाख ३७ हजार १ सय ४८ रुपैयाँ र उपभोक्ताहरुको ४५ हजार ७ सय १६ रुपैयाँ गरी २२ लाख ८५ हजार ८ सय १० रुपैयाँको लागतमा पुल निर्माण भएको हो ।

पुल निर्माण भएपछि वडा नम्बर १३ का खानीगाउँ, कोलबन, मलार गाउँका १ सय ५० बढी घरधुरीका १ हजार ९५ जनसंख्यालाई आवतजावतमा सहज भएको पुल निर्माण समितिका अध्यक्ष तिलकबहादुर बुढाले जानकारी दिए ।

पुल नहुँदा त्यस भेगमा नागरिकहरु सडकमा पुग्नका लागि धेरै हिड्नु पर्ने र बर्षायाममा भेल आउँदा खोला पारी नै बास बस्नुपर्ने बाध्यता रहेको उनले बताए । नगर प्रमुख चौधरीले पुल निर्माणपछि अब नागरिकहरुलाई आवतजावतमा सहज हुने भन्दै संरक्षणमा ध्यान दिन आग्रह गरे ।

पुललाई सम्पत्तिका रुपमा संरक्षण गर्न आग्रह गर्दै मेयर चौधरीले अब विकासलाई बस्तीसँग जोडेर अघि बढ्ने बाटोमा आफूहरु रहेको बताए । वडा नम्बर १३ का अध्यक्ष रविलाल घर्तीले पुल संरक्षणका लागि आबश्यक सहयोग गर्ने आश्वासन दिएका थिए । पुल बनेपछि स्थानीय हर्षित भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?