पुष्पा, केजिएफ र कान्ताराको रेकर्ड तोड्दै ‘हनुमान’ उत्तर भारतमा सुपरहिट

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २, २०८०
|
|
१९ पटक हेरिएको
Shares
पुष्पा, केजिएफ र कान्ताराको रेकर्ड तोड्दै ‘हनुमान’ उत्तर भारतमा सुपरहिट

सारांश

  • नयाँदिल्ली।
  • साउथ इन्डियन फिल्म ‘हनुमान’ ले बक्स अफिसमा धमाकेदार कमाइ गरिरहेको छ।
  • सिनेमा हलमा रिलिज भएको चार दिन भैसकेको यो फिल्म बक्स अफिसमा ब्लकबस्टर बन्दै गएको छ।

नयाँदिल्ली। साउथ इन्डियन फिल्म ‘हनुमान’ ले बक्स अफिसमा धमाकेदार कमाइ गरिरहेको छ।

सिनेमा हलमा रिलिज भएको चार दिन भैसकेको यो फिल्म बक्स अफिसमा ब्लकबस्टर बन्दै गएको छ। अब प्यान इन्डियन फिल्म ‘हनुमान’ ले तीन दिनमा साउथका तीन ठूला फिल्मको रेकर्ड तोडेको छ।

उत्तर भारतमा फिल्मले कमाईको हिसाबले पुष्पाः द राइज, केजीएफः च्याप्टर १ र कान्ताराको हिन्दी संस्करणलाई पछाडि छोडेको छ। ‘हनुमान’ ले उत्तर भारतमा १२.२६ करोड कमाएर यो रेकर्ड तोडेको हो।

यससँगै यो फिल्म उत्तर र दक्षिण भारतमा ब्लकबस्टर बनिरहेको छ। मात्र २५ करोडमा बनेको फिल्म ‘हनुमान’ले पहिलो दिन भारतीय बक्स अफिसमा ८.०५ करोड कमाएको थियो। फिल्म शुक्रबार बक्स अफिसमा आएसँगै दर्शकको भीड देखिएको छ। जहाँ विश्वभर यो संख्या २० करोड नाघेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्मको दोस्रो दिन देखी धमकेदार सुरुवात गरेको हो। दोस्रो दिन विश्वभर करिब १४ करोड कलेक्सन गरेको थियो।

फिल्मका निर्देशक प्रशान्त वर्माले फिल्मको उत्कृष्ट कम्प्युटर इमेजिङ ग्राफिक्स र स्पेशल इफेक्टलाई हैदरावादमा काम गर्ने केही युवाहरुले मिलेर निकै कम बजेटमा तयार पारेको बताएका छन्। यसको कथा यस्तो ठाउँमा समाप्त हुन्छ, जहाँ यसको सिक्वेल फिल्म ‘जय हनुमान’ सुरु हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?