मनसुन पश्चिमसम्मै, आज दिनभर मौसम बदली हुने
सारांश
- पूर्वबाट चार दिनअघि नेपाल प्रवेश गरेको मनसुन पश्चिम क्षेत्रसम्म फैलिएको छ ।
- देशका पश्चिम क्षेत्रमा आइतबार बेलुका तिरै मनसुन पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
- अब बिस्तारै मनसुनी गतिविधि बढ्दै जाने जनाइएको छ ।
पूर्वबाट चार दिनअघि नेपाल प्रवेश गरेको मनसुन पश्चिम क्षेत्रसम्म फैलिएको छ । देशका पश्चिम क्षेत्रमा आइतबार बेलुका तिरै मनसुन पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अब बिस्तारै मनसुनी गतिविधि बढ्दै जाने जनाइएको छ ।
मौसमविदका अनुसार सोमबार देशभरकै मौसम आंशिकदेखि समान्यत बदली हुनेछ । आइतबारको तुलनामा केही कम रहे पनि देशभरको मौसम बदली हुने देखिएको मौसमविद मीनकुमार अर्यालले बताएका छन् ।
पूर्व र पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । यस्तै काठमाडौँ उपत्यकासहित मध्य क्षेत्रका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद अर्यालले बताए । बिहान खुलेको जस्तो देखिए पनि मौसम बदली हुनेछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया