पूर्वसभामुख दमननाथ ढुंगानाको निधन
सारांश
- काठमाडौं ।
- पूर्वसभामुख तथा नागरिक अभियन्ता दमननाथ ढुंगानाको निधन भएको छ ।
- फ्रन्टलाइन अस्पताल, काठमाडौंमा उपचारको क्रममा उनको आज दिउँसो निधन भएको जनाइएको छ ।
काठमाडौं । पूर्वसभामुख तथा नागरिक अभियन्ता दमननाथ ढुंगानाको निधन भएको छ । फ्रन्टलाइन अस्पताल, काठमाडौंमा उपचारको क्रममा उनको आज दिउँसो निधन भएको जनाइएको छ ।
कलेजोसम्बन्धी समस्याबाट पीडित ढुंगना केही समय देखि उपचाररत थिए । ढुंगाना आम निर्वाचन २०४८ मा काठमाडौं जिल्लाबाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए ।
०४६ सालको जनआन्दोलन पछि प्रतिनिधिसभाको पहिलो निर्वाचित सभामुखको जिम्मेवारीमा थिए । उनी बरिष्ठ अधिवक्तासमेत हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया