पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिपछि गण्डकीमा तरंग, सम्भव छ एमालेको सरकार ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ९, २०७९
|
|
३० पटक हेरिएको
Shares
पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिपछि गण्डकीमा तरंग, सम्भव छ एमालेको सरकार ?

सारांश

  • पोखरा।
  • नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बिहीबार पोखराको मेयर/उपमेयरको टिकटबारे छलफल हुँदा सांसदलाई रोक्ने प्रयास गरे ।
  • उनले एउटा अभिव्यक्ति दिएका छन्, ‘जुन सुकै बेला गण्डकीको सरकार ढल्न सक्छ ।

पोखरा। नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बिहीबार पोखराको मेयर/उपमेयरको टिकटबारे छलफल हुँदा सांसदलाई रोक्ने प्रयास गरे । उनले एउटा अभिव्यक्ति दिएका छन्, ‘जुन सुकै बेला गण्डकीको सरकार ढल्न सक्छ । र एमालेले त्यसको नेतृत्व गर्नुपर्छ । त्यसैले सांसदलाई मेयरको टिकट दिन हुँदैन ।’ उनको यो अभिव्यक्तिले गण्डकी प्रदेशमा तरंग आएको छ ।
एमाले निकट केही नेताहरुले नै उनको अभिव्यक्ति भन्दै ४८ घण्टाभित्र सत्तारुढ दलका ३ सांसदले राजीनामा दिन लागेको सामाजिक सन्जालमै लेखेका छन् । ‘नेकपा एमाले सचिवालय बैठकमा विशेष श्रोतका अनुसार उपमहासचिव कमरेड पृथ्वीसुब्बा गुरूङले ४८ घण्टाभित्र अन्य दलका ३ जना सांसदले राजीनामा दिने र आफ्नो नेतृत्वमा सरकार बन्ने रिपोर्ट गर्नुभएअनुसार पार्टीले कुनै प्रदेश संसदलाई मेयर उठाउन नहुने प्रस्ताव गर्नुभएको छ,’ एमाले निकट इन्जिनियरहरुको संस्था पीनका केन्द्रीय नेता ध्रुव भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।
उपमहासचिव गुरुङले समेत जुनसुकै अवस्थामा सरकार ढल्न सक्ने बताए । ‘सर्वोच्चले विकल्प रहँदासम्म सरकार बन्न दिनुपर्छ र चुनावमा जान दिनुहुँदैन भनेर फैसला गरेको छ । त्यो हेर्दा गण्डकीमा छिटै एमालेको सरकार बन्न सक्छ,’ उनले भने, ‘अहिले सांसदलाई राजीनामा गराएर मेयरमा पठाउँदा समस्या हुन्छ । त्यसैले सांसदलाई टिकट दिन हुँदैन ।’ तर एमालेले नै भरतपुरमा बागमति प्रदेश सांसदलाई मेयर टिकट दिने पक्का भएको छ ।
उनले संसदबाट राजीनामा दिइसकेका छन् ।
‘बागमतीमा जति गरेपनि एमालेको सरकार बन्दैन । गण्डकी र लुम्बिनीमा त्यो सम्भावना जिवित छ,’ उनले अघि भने, ‘अरु प्रदेशमा जे सुकै होस् । लुम्बिनी र गण्डकी विशेष ख्याल गर्नुपर्छ ।’ तर उनको अभिब्यक्तिले खासै प्रभाव पार्ने सम्भावना छैन । किनकी गण्डकी सरकार संविधानको धारा १६८ को उपधारा (५) अनुसार बनेको हो । संविधानतः यही सरकार अन्तिम हो । यदी यो सरकार ढले संसद विघटन हुन्छ र ६ महिनाभित्र चुनावको मिती घोषणा गरिन्छ ।
उनको अभिव्यक्तिपछि सत्तारुढ दलहरु सचेत भएका छन् । दलका नेताहरुले आफ्ना सांसद खोजी गर्न थालेका छन् । यहाँ जेठ २९ गते गुरुङ नेतृत्वको एमाले सरकार ढलेर गठबन्धनको सरकार बनेको हो । तर निकै झिनो बहुमतमा । ५९ सांसद रहेको यहाँ सरकारको समर्थनमा सभामुख सहित ३२ सांसद छन् । एकजनाले छोड्ने वित्तिकै सरकार ढल्छ ।
पोखराको मेयरमा एमालेबाट प्रदेश सांसदहरु कृष्णबहादुर थापा र राजीव पहारीको नाम केन्द्रमा सिफारिस भएको छ । उपमहासचिव गुरुङले थापालाई टिकटबाट रोक्न फण्डा गरेको आरोप एकाथरीको छ भने अर्कोथरीले समर्थन गरेका छन् । यहाँको मेयर उपमेयरमा ३/३ जनाको नाम मतदान प्रक्रियाबाट टुंग्याउन लागिएकोमा अन्तिम अवस्थामा सबैको नाम सिफारिस गरिएको हो ।
कास्कीमा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारीको टकराव छ । थापा अधिकारी गुटमा खुलेका कारण गुरुङले उनलाई रोक्न लागेको दाबी उक्त पक्षको छ ।[image: prithivi-gurung.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारत नेपालको विकास र समृद्धिको प्रमुख साझेदार हो : प्रधानमन्त्री दाहाल
भारत नेपालको विकास र समृद्धिको प्रमुख साझेदार हो : प्रधानमन्त्री दाहाल
साईबर सुरक्षा तथा अपराध अन्तर्राष्ट्रिय चासोको
साईबर सुरक्षा तथा अपराध अन्तर्राष्ट्रिय चासोको
रुपन्देहीको अन्तिम परिणामः एमालेको पहिलो स्थान कायमै
रुपन्देहीको अन्तिम परिणामः एमालेको पहिलो स्थान कायमै
मध्यपश्चिम विश्वविद्यालयको बेरुजु एक अर्ब
मध्यपश्चिम विश्वविद्यालयको बेरुजु एक अर्ब
सुन तस्करी गोरेलाई रिहा गर्न नेपाल सरकारका मन्त्रीको सार्वजनिक रुपमा आह्वान भएपछि…
अध्यादेश स्विकृत गरेकोमा राष्ट्रपतिलाई पूर्व अध्यक्ष रेग्मीले दिए धन्यवाद
अध्यादेश स्विकृत गरेकोमा राष्ट्रपतिलाई पूर्व अध्यक्ष रेग्मीले दिए धन्यवाद
पुर्ननिर्माण प्राधिकरणका कर्मचारी रातो भाले रेस्टुरेन्टबाट पक्राउ
पुर्ननिर्माण प्राधिकरणका कर्मचारी रातो भाले रेस्टुरेन्टबाट पक्राउ
शुन्य समयमा  सांसदले  उठाए मल, बीउ र सडक निर्माणको समस्या
शुन्य समयमा सांसदले उठाए मल, बीउ र सडक निर्माणको समस्या
राष्ट्रपति पौडेलको दशैंको टिका (तस्बिरसहित)
राष्ट्रपति पौडेलको दशैंको टिका (तस्बिरसहित)
उदयपुर सिमेन्ट उद्योगका कर्मचारीको लागि जीवन रुपान्तरण उत्प्रेरणा
उदयपुर सिमेन्ट उद्योगका कर्मचारीको लागि जीवन रुपान्तरण उत्प्रेरणा

तपाईंले छुटाउनुभयो कि?