शहीद परिवार र घाइतेलाई सम्मान

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २७, २०७४
|
|
२६ पटक हेरिएको
Shares
शहीद परिवार र घाइतेलाई सम्मान

सारांश

  • पाल्पा, २७ फागुन , प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले शहीद, गरीब, किसान र भूमिहीनको सपना साकार पार्ने बताउनुभएको छ ।
  • नेकपा माओवादी केन्द्र पाल्पाले शनिबार तानसेनमा आयोजना गरेको शहीद, घाइते, अपांग तथा जेलयातना भोगेका कार्यकर्तालाई सम्मान कार्यक्रममा मन्त्री केसीले ऐतिहासिक जनयुद्धले संघीय गणतन्त्र ल्याउन सफल भएको तथा अब नेपाल र नेपालीको शिर कुनै शक्तिले पनि झुकाउन सक्दैन् भन्नुभयो ।
  • दशवर्षे जनयुद्धले देशमा संघीय गणतन्त्र आउन सफल भएको उहाँले बताउनुभयो ।

पाल्पा, २७ फागुन , प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले शहीद, गरीब, किसान र भूमिहीनको सपना साकार पार्ने बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्र पाल्पाले शनिबार तानसेनमा आयोजना गरेको शहीद, घाइते, अपांग तथा जेलयातना भोगेका कार्यकर्तालाई सम्मान कार्यक्रममा मन्त्री केसीले ऐतिहासिक जनयुद्धले संघीय गणतन्त्र ल्याउन सफल भएको तथा अब नेपाल र नेपालीको शिर कुनै शक्तिले पनि झुकाउन सक्दैन् भन्नुभयो । दशवर्षे जनयुद्धले देशमा संघीय गणतन्त्र आउन सफल भएको उहाँले बताउनुभयो ।
नेपालमा भष्टचारमुक्त समाज निर्माणमा सबै एकजुट भई लाग्नुपर्ने मन्त्री केसीको भनाइ छ ।
नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा प्रदेश सांसद तुलाराम घर्तीले माओवादी जनयुद्धले देशमा ठूलो राजनीतिक परिर्वतन आएको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा मन्त्री केसी, माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा प्रदेशसांसद तुलाराम घर्ती, जिल्ला समन्वय समिति पाल्पाका सभापति दयाराम बस्याल, नेकपा एमालेका पूर्वअध्यक्ष राधाकृष्ण कँडेलले शहीद परिवार, घाइते, अपांग तथा जेलयातना भोगेका कार्यकर्तालाई सम्मानपत्र प्रदान गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?