पेट्रोल पम्पहरुमा भिड

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १९, २०७८
|
|
२८ पटक हेरिएको
Shares
पेट्रोल पम्पहरुमा भिड

सारांश

  • पेट्रोलियम पदार्थको अभाव हुने डरमा पेट्रोल पम्पमा उपभोक्ताको लामो लाइन लागेको छ ।
  • पेट्रोलियम पदार्थको बिक्रीबापतको कमिसनको रकम नपाएको भन्दै ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेपछि अभाव हुने डरमा उपभोक्ता लाइनमा बसेका हुन् ।
  • काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा विहानैदखि पेट्रोल पम्पमा उपभोक्ताको लाइन छ ।

पेट्रोलियम पदार्थको अभाव हुने डरमा पेट्रोल पम्पमा उपभोक्ताको लामो लाइन लागेको छ । पेट्रोलियम पदार्थको बिक्रीबापतको कमिसनको रकम नपाएको भन्दै ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेपछि अभाव हुने डरमा उपभोक्ता लाइनमा बसेका हुन् ।

काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा विहानैदखि पेट्रोल पम्पमा उपभोक्ताको लाइन छ । नेपाल आयल निगमसँग विभिन्न माग राख्दै व्यवसायीले पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प बनाएका छन् । नेपाल आयल निगमले आन्दोलनका कार्यक्रमहरु स्थगित गर्न पेट्रोलियम व्यवसायीलाई आग्रह गरेको छ । तर, व्यवसायीले अस्विकार गर्दै ढुवानी ठप्प पारेका छन् ।

बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न, पेट्रोलियम व्यवसायीले पाइरहेको कमिसन वृद्धि लगायतको माग राख्दै व्यवसायीहरुले डिपोबाट इन्धन लोड÷अनलोड नै बन्द गरेपछि समस्या समाधानका लागि आयल निगम अहिले छलफलमा जुटेको छ । ‘हामी समस्या समाधानका लागि प्रयासरत छौ, आज दिनभरीमा केही न केही निकास निस्कन्छ’ निगमका प्रवक्ता विनितमणी उपाध्यायले भन्नुभयो । उहाँकाअनुसार देशभरकै पेट्रोलिय पदार्थको डिपो आज खुला राख्न भनिएको छ । डिपो खुला राखे नराखेको बारे अनुगमन भईरहेको पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?