अनौठो अफर: ‘घर किन्दा श्रीमती सित्तैमा ’

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २०, २०७५
|
|
५२ पटक हेरिएको
Shares
अनौठो अफर: ‘घर किन्दा श्रीमती सित्तैमा ’

सारांश

  • एउटा सामान किन्दा अर्को सामान सित्तैमा लगायत अफर सुनिएकै हो ।
  • तर, भर्खरै यो अफरलाई पनि चुनौति दिँदै बजारमा ‘घर किन्दा श्रीमती सित्तैमा भन्ने अनौठो अफर अहिले चर्चामा छ ।
  • इण्डोनेसियाको यो अफर जहाँ घर किन्दा श्रीमती सित्तैमा पाइने एउटा विज्ञापनले अहिले ठूलै तहल्का मच्चाएको छ र उक्त विज्ञापन इण्टरनेटमा भाइरल बनेको छ ।

एउटा सामान किन्दा अर्को सामान सित्तैमा लगायत अफर सुनिएकै हो । तर, भर्खरै यो अफरलाई पनि चुनौति दिँदै बजारमा ‘घर किन्दा श्रीमती सित्तैमा भन्ने अनौठो अफर अहिले चर्चामा छ ।इण्डोनेसियाको यो अफर जहाँ घर किन्दा श्रीमती सित्तैमा पाइने एउटा विज्ञापनले अहिले ठूलै तहल्का मच्चाएको छ र उक्त विज्ञापन इण्टरनेटमा भाइरल बनेको छ । एकजना महिलाले आफ्नो घर बिक्रिका लागि विज्ञापन गरेकी छिन् र आफ्नो घर किन्ने पुरुषले आफूलाई श्रीमतीको रुपमा पाउने घोषणासमेत गरेकी छिन् ।

अनलाइन विज्ञापनको सुरुवाती हिस्सा सामान्य विज्ञापन जस्तो छ र यसमा घरमा रहेका विशेषता उल्लेख गरिएको छ । तर अन्त्यतिर भने दुर्लभ अफर प्रस्तुत गरिएको छ । जसमा भनिएको छ, ‘जसले यो घर किन्नुहुन्छ उसले यो घरकी मालिक्नीसँग बिहेको प्रस्ताव गर्न सक्नुहुन्छ ।’ विज्ञापनमा घर मालिक्नीको तस्वीर समेत दिइएको छ । विना लिया नामकी ती ४० वर्षे महिला श्रीमानको मृत्युसंगै हाल एकल महिलाको रुपमा रहेकी छिन् र उनको आफ्नो सैलुन समेत छ ।

यो घर गम्भीर खालका क्रेताहरुको लागि मात्र रहेको र यसमा कुनै सौदाबाजी नहुने विज्ञापनमा उल्लेख गरिएको छ । जाभा द्विपस्थित स्लेम्यानमा रहेको यो घरको मूल्य ९ करोड ९९ लाख इण्डोनेसियन रुपैयाँ अर्थात् झण्डै ७५ हजार अमेरिकी डलर तोकिएको छ । एएफपीका अनुसार घर मालिक्नी विना लियाको यो विज्ञापन इण्डोनेसियाका संचार माध्यममा मात्र होइन सोसल मिडियामा समेत निकै चर्चित बनिरहेको छ ।

(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हरितालिका पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ: राष्ट्रपति पौडेल
हरितालिका पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ: राष्ट्रपति पौडेल
‘संविधानसम्मत जिम्मेवारी नै प्रधानसेनापतिको प्रमुख प्राथमिकता’
‘संविधानसम्मत जिम्मेवारी नै प्रधानसेनापतिको प्रमुख प्राथमिकता’
जिल्ला समन्वय समितिको कार्यालयमा आगलागी
मंसिर ११ गते बिहिवारको राशिफल यस्तो छ
मंसिर ११ गते बिहिवारको राशिफल यस्तो छ
सरकार विरुद्ध आन्दोलन गर्ने नयाँ शक्तिको निर्णय
सरकार विरुद्ध आन्दोलन गर्ने नयाँ शक्तिको निर्णय
प्रधानमन्त्री पत्नीलाई हराउन सफल नारदमुनिले दायाँबायाँ श्रीमती राखेर गरे यस्तो वाचा
प्रधानमन्त्री पत्नीलाई हराउन सफल नारदमुनिले दायाँबायाँ श्रीमती राखेर गरे यस्तो वाचा
एक सात वर्षीया बालिका: जस्ले शाैचालयका लागि बुवालाइ पक्राउ गर्न प्रहरि गुहारिन
एक सात वर्षीया बालिका: जस्ले शाैचालयका लागि बुवालाइ पक्राउ गर्न प्रहरि गुहारिन
कौडा खेल्ने पक्राउ
कौडा खेल्ने पक्राउ
एकीकृत समाजवादीको सचिवालय बैठक आजै, पार्टी एकताको विषय अनुमोदन हुने
एकीकृत समाजवादीको सचिवालय बैठक आजै, पार्टी एकताको विषय अनुमोदन हुने
सिरिया बन्दीगृहमा १३ हजारलाई यातनासहित फासी
सिरिया बन्दीगृहमा १३ हजारलाई यातनासहित फासी