विद्युत् महसुल नबुझाउने ग्राहकको काटियो लाइन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ६, २०७७
|
|
३० पटक हेरिएको
Shares
विद्युत् महसुल नबुझाउने ग्राहकको काटियो लाइन

सारांश

  • लामो समयदेखि विद्युत् महसुल नबुझाउने ९० जना ग्राहकको विद्युत् लाइन विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले काटेको छ ।
  • वक्यौता विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन अभियान शुरु गरेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले करीब एक महिनाको अवधिमा ९० जना ग्राहकको लाइन काटेको हो ।
  • विद्युत् लाइन काटिएकामध्ये ६० जनाबाट रु ६० लाख ३५ हजार बक्र्यौता असूल भएको र बक्र्याैता रकम बुझाउनेको पुनः लाइन जडान गरिएको विद्युत प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख जीतेन्द्रकुमार यादवले जानकारी दिए ।

लामो समयदेखि विद्युत् महसुल नबुझाउने ९० जना ग्राहकको विद्युत् लाइन विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले काटेको छ । वक्यौता विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन अभियान शुरु गरेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले करीब एक महिनाको अवधिमा ९० जना ग्राहकको लाइन काटेको हो । विद्युत् लाइन काटिएकामध्ये ६० जनाबाट रु ६० लाख ३५ हजार बक्र्यौता असूल भएको र बक्र्याैता रकम बुझाउनेको पुनः लाइन जडान गरिएको विद्युत प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख जीतेन्द्रकुमार यादवले जानकारी दिए ।

विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले रु ५० हजार भन्दा बढी बक्यौता बाँकी रहेका २२० जना ग्राहकको सूची तयार गरेर विद्युत् लाइन काट्न शुरु गरेको प्रमुख यादवले बताए । विद्युत्को बाँकी बक्यौता रकम समयमा नबुझाउने र पटकपटक समयमै विद्युत् महसुल बुझाउन आग्रह गर्दासमेत बेवास्ता गर्ने ग्राहकको विद्युत् लाइन काट्न थालेको प्रमुख यादवको भनाइ छ ।

उनका अनुसार पहिलो चरणमा लामो समयदेखि बक्यौता रकम नबुझाउने तीन फेजका २२० जना ग्राहकको विद्युत् लाइन काटिने र पछि थप ग्राहकको लाइन काटिने छ । ग्राहकबाट विद्युत् महसुलबापत करिब रु ३० करोड भन्दा बढी बक्यौता उठाउन बाँकी रहेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले जनाएको छ । गार्हस्थ्य मिटरतर्फ रु १९ करोड १४ लाख ५१६, व्यापारिक मिटरतर्फ रु ९९ लाख ७१ हजार ४३९, गैर व्यापारिक मिटरतर्फ रु एक करोड ५८ लाख र औद्योगिक मिटरतर्फ रु चार करोड २६ लाख ३८ हजार ८३५ बक्यौता रकम उठाउन बाँकी रहेको प्रमुख यादवले बताए । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानमा ४५ हजार ग्राहक रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मंगलबारको मौसम: कोशी प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम?
दाङमा पाँच वर्षमा दुई सय २८ जनाको डुबेर मृत्यु
दाङमा पाँच वर्षमा दुई सय २८ जनाको डुबेर मृत्यु
मोदीको चुनावी प्रचार अभियान बिहिबार शुरू हुने
मोदीको चुनावी प्रचार अभियान बिहिबार शुरू हुने
तनहुँ मतपरिणामः सर्वेन्द्र खनाल झन्डै ७ हजार तथा भटराई ५ हजारले पछाडी
तनहुँ मतपरिणामः सर्वेन्द्र खनाल झन्डै ७ हजार तथा भटराई ५ हजारले पछाडी
८ विद्यार्थी संगठन द्वारा हड्तालका कार्यक्रमहरू फिर्ता
८ विद्यार्थी संगठन द्वारा हड्तालका कार्यक्रमहरू फिर्ता
Nepal Government introduces Agriculture Forestry Policy to boost agro-forest products.
Nepal Government introduces Agriculture Forestry Policy to boost agro-forest products.
दुईदिनदेखीको अविरल वर्षाका कारण उत्तरी धादिङमा पहिरो: सात घर पुरियो, १२ घर उच्च जोखिममा
दुईदिनदेखीको अविरल वर्षाका कारण उत्तरी धादिङमा पहिरो: सात घर पुरियो, १२ घर उच्च जोखिममा
संस्थानलाई सत्ताको बोझ
संस्थानलाई सत्ताको बोझ
आचारसंहिता सरकारबाटै धेरै उल्लंघन ‘राहत वितरणको नाममा आचारसंहिता उल्लंघन,आयोग
आचारसंहिता सरकारबाटै धेरै उल्लंघन ‘राहत वितरणको नाममा आचारसंहिता उल्लंघन,आयोग
‘रञ्जित तामाङ एमाले मुख्यालयमा र नविना लामा पेरिसडाँडामा अनसन बस्ने’
‘रञ्जित तामाङ एमाले मुख्यालयमा र नविना लामा पेरिसडाँडामा अनसन बस्ने’

तपाईंले छुटाउनुभयो कि?