चुनावी नाराले जन्माएको राजधानी
सारांश
- काठमाडौं, ६ माघ- प्रदेश राजधानीका लागि देशका विभिन्न ठाउँमा आन्दोलन भैरहेका बेला दलहरुले चुनावमा जबर्जस्ती नारा बनाएका कारण माग भैरहेको आजको नागरिक दैनिकमा कलेन्द्र सेजुवालले खबर लेखका छन् ।
- ‘दाङलाई प्रदेशको राजधानी बनाइनेछ’ दाङ क्षेत्र नम्बर २ प्रदेशसभा (क)बाट चुनाव लडेका नेता शंकर पोखरेलछारा जारी चुनावी प्रतिबद्धतापत्र पहिलो बुँदा हो यो ।
- चुनावकै बेला ‘वेटिङ‘ मुख्यमन्त्रीका रुपमा हेरिएका पोखरेलको यही प्रतिबद्धता सुनेर दंगाली मतदाता निकै उत्साहित भए ।
काठमाडौं, ६ माघ- प्रदेश राजधानीका लागि देशका विभिन्न ठाउँमा आन्दोलन भैरहेका बेला दलहरुले चुनावमा जबर्जस्ती नारा बनाएका कारण माग भैरहेको आजको नागरिक दैनिकमा कलेन्द्र सेजुवालले खबर लेखका छन् ।
‘दाङलाई प्रदेशको राजधानी बनाइनेछ’ दाङ क्षेत्र नम्बर २ प्रदेशसभा (क)बाट चुनाव लडेका नेता शंकर पोखरेलछारा जारी चुनावी प्रतिबद्धतापत्र पहिलो बुँदा हो यो । चुनावकै बेला ‘वेटिङ‘ मुख्यमन्त्रीका रुपमा हेरिएका पोखरेलको यही प्रतिबद्धता सुनेर दंगाली मतदाता निकै उत्साहित भए । त्यसले जनताको महत्वकांक्षा ह्वात्तै बढ्यो ।
बुधबार सरकारले ५ नम्बर प्रदेशको अस्थायी राजधानी तोकेपछि पोखरेलका प्रतिबद्धता उनकै लागि घाँडो भएको छ । अब उनीसँग दुईवटा विकल्पछ छन्, एउटा प्रदेशसभामा दुईतिहाइ जुटाएर स्थायी राजधानी दाङ तोक्ने वा वामसरकार बनेपछि अस्थायी राजधानी दाङ सार्ने । दंगाली जनता भने उनका चुनावी नारा झलझली सम्झेर अहिले सडकमा छन् ।
प्रतिक्रिया