पैसामा केर्ने बानी सुधार्नुस् नत्र जेल !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २४, २०७५
|
|
३३ पटक हेरिएको
Shares
पैसामा केर्ने बानी सुधार्नुस् नत्र जेल !

सारांश

  • काठमाडौं – नोट वा मुद्रामा केरमेट गर्ने बानी छ भने सुधारिहाल्नुहस् ।
  • नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई अब प्रहरीले सिधै पक्राउ गरी ३ महिनासम्म जेल हाल्न र ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ ।
  • फौजदारी कसुरसम्बन्धी प्रचलित कानुन संशोधन गरी हालै पारित मुलुकी अपराध ९संहिता० ऐन २०७४ मा यस्तो व्यवस्था गरिएको हो ।

काठमाडौं – नोट वा मुद्रामा केरमेट गर्ने बानी छ भने सुधारिहाल्नुहस् । नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई अब प्रहरीले सिधै पक्राउ गरी ३ महिनासम्म जेल हाल्न र ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ ।

फौजदारी कसुरसम्बन्धी प्रचलित कानुन संशोधन गरी हालै पारित मुलुकी अपराध ९संहिता० ऐन २०७४ मा यस्तो व्यवस्था गरिएको हो ।

ऐनको दफा २६३ मा भनिएको छ, बैंक नोटमा लेख्न वा कोर्न हुँदैन । त्यसो गरेको भेटिए कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनेछ । यो ऐन भदौ १ गते देखि लागू हुँदै छ ।

आजको कान्तिपुरले पहिलो पृष्ठमा समाचार छापेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?