विराटनगर डुवानमा, महोत्तरीमा सर्पले डसेर एक बालकसहित दुईजनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १८, २०७५
|
|
२२ पटक हेरिएको
Shares
विराटनगर डुवानमा, महोत्तरीमा सर्पले डसेर एक बालकसहित दुईजनाको मृत्यु

सारांश

  • विराटनगर, १८ असार ।
  • विराटनगरको रोडशेष चोक उत्तरको सडक क्षेत्र डुवानमा परेको छ ।
  • डुवानका कारण दोहोरो आउ–जाउँमा समस्या भएको छ ।

विराटनगर, १८ असार । विराटनगरको रोडशेष चोक उत्तरको सडक क्षेत्र डुवानमा परेको छ ।

डुवानका कारण दोहोरो आउ–जाउँमा समस्या भएको छ । मोटरसाईकल र साईकलहरु सडक पेटीबाट हिड्न बाध्य भएका छन् । अन्य सिटी रिक्सा, कार, बस लगायतका सवारी साधनहरु असहजका बिच संचालनमा रहेका छन् । विराटनगरको मुख्य बजार मानिएको हिमालय रोड पनि यतिबेला जलमग्न भएको छ । सडक पेटीसम्म पानी जमेको छ ।

सर्वसाधणलाई हिडडुल गर्न झनै समस्यामा पर्न थालेकाे छ । त्यति मात्र हैन दैनिकी गुजारा चलानेहरुलाई समेत समस्या भएको छ । लगातारको बर्षाले गर्दा यात्रुहरु नभेटिने र कमाई नै नहुने गरेको सिटी सफारी चालक केदार कार्कीले गुनासो गर्नुभयो ।

विराटनगरको हरेक स्थानमा अहिले सडक र नाला बनाउने काम भईरहेको बेला अधिकांश स्थानमा नालामा पानी बग्न नपाएका कारण सडक जलमग्न भएका छन् ।

महोत्तरीको गौशालामा सर्पदंशका कारण दुईजनाको मृत्यु भएको छ ।

गएराति घरमै सुतेको समयमा सर्पले डसेर गौशाला–१२ परोडियाका ११ वर्षीय मनिष राउतको ज्यान गएको छ । त्यस्तै गौशाला–१२ कान्तिबजारका ३६ वर्षीय सुशीलकुमार सिंहलाई सर्पले डसेको र उपचारका क्रममा ज्यान गएको छ ।

इलाका प्रंहरी कार्यालय गौशालाले दिएको जानकारीअनुसार सुशीलकुमार सिंह आइतबार साँझ खेतबाट काम गरेर फर्किएपछि अचानक बेहोस भएको र उनलाई तत्कालै उपचारका लागि बर्दिवासस्थित शुभस्वतिक हस्पिटलमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा सर्पले टोकेको पत्ता लागेपछि सर्पदंश उपचार केन्द्रमा पठाएको तर उनको उपचारका क्रममा ज्यान गएको प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिनुभयो ।

पछिल्लो समय महोत्तरीमा सर्पदंशका घटनामा धेरैको ज्यान गयको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?