ओली नेतृत्वको सरकारको  एक सय दिन पूरा, यातायात सिन्डिकेटविरुद्ध चालेकोे कदम नै प्रशंसनिय

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ११, २०७५
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ,  ११ जेठ।
  •   केपी शर्मा ओली नेतृत्वको सरकारको  एक सय दिन पूरा भएको छ ।
  • फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका ओलीले विभिन्न महत्वाकांक्षी योजना अघि सारे पनि त्यसले गति पाउन भने सकेको छैन ।

काठमाडौँ,  ११ जेठ।  केपी शर्मा ओली नेतृत्वको सरकारको  एक सय दिन पूरा भएको छ ।

फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका ओलीले विभिन्न महत्वाकांक्षी योजना अघि सारे पनि त्यसले गति पाउन भने सकेको छैन । सरकारले आफ्नो सय दिनमा केही राम्रा काम गरे पनि जनताको अपेक्षामा खरो उत्रन नसकेको धेरैको बुझाई छ । सरकार गठनपछि लिइएका कतिपय निर्णय कार्यान्वयनको चरणमा नै छ ।

सय दिनमा ओली सरकारले यातायात सिन्डिकेटविरुद्ध चालेकोे कदम नै जनताले अनुभुत गर्न पाएको परिवर्तन भएको धेरैको बुझाई छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि चैत १ देखि मयुर यातायातले काभ्रेको बनेपासम्म रुट परमिट दिँदै एउटा मात्रै सवारी साधनले पनि रुट परमिट पाउने गरि कम्पनी दर्ता गर्न मिल्ने निर्णय गरेको थियो ।

ओली नेतृत्वको सरकारले सरकारी अधिकारीहरुको अनावश्यक वैदेशिक भ्रमणमा नियन्त्रण गर्नुका साथै स्वेच्छिक अवकाशलाई रोकेर कर्मचारीलाई तोकिएको काममा पठाउन देखाएको तदारुक्ता समेत सरकारको राम्रो कदमको रुपमा हेरिएको छ । सरकारमा आएको सय दिनभित्रै प्रधानमन्त्री ओलीले पाकिस्तानी प्रधानमन्त्री शाहीद खाक्वान अब्बासीलाई स्वागत गर्नुभएको थियो भने भारत भ्रमण समेत गर्नुभएको थियो । साथै भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणमा ल्याउन सफल भएको सरकारले कुटनीतिक सम्बन्ध र सन्तुलित परराष्ट्र नीति निर्माण गरेको थियो ।

त्यसैगरि सरकारले श्रमका लागि वैदेशिक रोजगारीमा जाने नेपालीले स्वास्थ्य परीक्षणको नाममा ठगी धन्दा चलाउने गिरोहको पर्दाफास समेत गर्दै कम्पनी रद्द गरेको थियो । सय दिनमा केही राम्रा काम गरेपनि सरकारले संघीयता कार्यान्वयनमा सुस्तता, कर्मचारी परिचालन गर्न असफल हुनु र संविधान संशेधनप्रति उपेक्षा गरिएको आरोप समेत लागेको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?