पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुदको एथलेटिक्समा आर्मी क्लबको दुइ किर्तिमान
सारांश
- काठमाडौ ।
- त्रिभुवन आर्मी क्लबले एथलेटिक्समा दुई नयाँ कीर्तिमान कायम गरेको छ।
- पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत आइतबार विहान भएको एथलेटिक्समा आर्मी क्लबकी जयरानी थारुले किर्तिमान कायम गरेकी हुन ।
काठमाडौ । त्रिभुवन आर्मी क्लबले एथलेटिक्समा दुई नयाँ कीर्तिमान कायम गरेको छ। पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत आइतबार विहान भएको एथलेटिक्समा आर्मी क्लबकी जयरानी थारुले किर्तिमान कायम गरेकी हुन ।
पोखरा रङ्गशालाको ट्र्याकमा बिहान भएको चार सय मिटर महिला हडल्समा त्रिभुवन आर्मी क्लबकी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन्। जयरानीले निर्धारित दुरी एक मिनेट चार दशमलव १३ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन्। यसअघि उनले ४४ औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा एक मिनेट सात दशमलव दुई सेकेन्डको कीर्तिमान बनाएकी थिइन्।
महिला हडल्मा यस स्पर्धामा एपिएफकी भागीरथी थारुले एक मिनेट छ दशमलव छ सेकेन्डमा पूरा गर्दै रजत जितिन् भने एपीएफकै कल्पना श्रेष्ठले एक मिनेट ६ दशमलव ५१ सेकेन्डमा उक्त दुरी पार गरिन्।
यस्तै एथलेटिक्स पुरुषतर्फ १० हजार मिटरमा आर्मीकै दीपक अधिकारीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जिते। दीपकले ३० मिनेट १० दशमलव ३० सेकेन्डमा निर्धारित दूरी पार गर्दै स्वर्ण जितेका हुन्। दीपकले एपीएफका गोपीचन्द्र पार्कीको कीर्तिमान तोड्दै आफ्नो नामका नयाँ कीर्तिमान खडा गरेका हुन्।
गोपीको नाममा ३० मिनेट ३० दशमलव ९९ सेकेन्डको कीर्तिमान थियो। गोपीले भने रजतमा चित्त बुझाए। उनले उक्त दुरी ३० मिनेट ३८ दशमलव ३० सेकेन्डमा पूरा गरे। आर्मीकै गजेन्द्र राईले कांस्य पदक जिते। उनले निर्धारित दुरी ३० मिनेट ४९ दशमलव ५० सेकेन्डमा पूरा गरेका थिए ।
प्रतिक्रिया