राजमार्गकेन्द्रित आन्दोलनमा पत्रकारहरुमाथि अभद्र व्यवहार

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ६, २०७४
|
|
३९ पटक हेरिएको
Shares
राजमार्गकेन्द्रित आन्दोलनमा पत्रकारहरुमाथि अभद्र व्यवहार

सारांश

  • दाङ, ६ माघ ।
  • दाङमा चलिरहेको राजमार्गकेन्द्रित आन्दोलनको क्रममा पत्रकारहरुमाथि अभद्र व्यवहार भएको छ ।
  • समाचार संकलनका लागि घोराहीबाट लमही पुगेका पत्रकारहरुको सवारीसाधन तोडफोडको प्रयास समेत गरिएको थियो ।

दाङ, ६ माघ । दाङमा चलिरहेको राजमार्गकेन्द्रित आन्दोलनको क्रममा पत्रकारहरुमाथि अभद्र व्यवहार भएको छ । समाचार संकलनका लागि घोराहीबाट लमही पुगेका पत्रकारहरुको सवारीसाधन तोडफोडको प्रयास समेत गरिएको थियो ।

सरकारले अपायकमा राजधानी तोकेको र त्यसलाई सच्याई दाङलाई पाँच नम्बर प्रदेशको राजधानी तोकिनुपर्ने मागसहित दाङमा कडा आन्दोलन जारी छ । आज राखिएको राजमार्गकेन्द्रित आन्दोलनको समाचार संकलनका लागि घोराहीबाट लमही पुगेका पत्रकारहरुमाथि अभद्र व्यवहार भएको हो । आन्दोलनकारीहरुले महासंघ दाङ शाखाका उपाध्यक्ष डिल्ली मल्ल, पूर्वउपाध्यक्ष नरेन्द्र केसी, फोटो पत्रकार कुलदीप न्यौपाने लगायतका पत्रकारहरु चढको गाडी तोडफोडका प्रयास पनि भएको बताइएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Keshav Sharma

    आन्दोलन कारी को यो गतिबिधी माथी मैले आवाजउठाई रहेको छु , तर सुनुवाईभएको छैन ! त्यसको सार्थकता आज देखीयो , हामीले यो दुर्ब्यबहार २ दिनपहिले देखेको भोगेको हो !

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?