पोखरीमा डुबेर बालकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ४, २०७४
|
|
२० पटक हेरिएको
Shares
पोखरीमा डुबेर बालकको मृत्यु

सारांश

  • लहान, ४ भदौ ।
  • पोखरीमा डुबेर सिरहाको लहान नगरपलिका– १३ दम्दाह टोलमा एक बालकको मृत्यु भएको छ ।
  • घरबाट शनिबार दिउँसो खेल्न निस्किएका स्थानीय जगवीर यादवको आठ वर्षीय छोरा राजु यादवको पोखरीमा डुबेर मृत्यु भएको हो ।

लहान, ४ भदौ । पोखरीमा डुबेर सिरहाको लहान नगरपलिका– १३ दम्दाह टोलमा एक बालकको मृत्यु भएको छ ।

घरबाट शनिबार दिउँसो खेल्न निस्किएका स्थानीय जगवीर यादवको आठ वर्षीय छोरा राजु यादवको पोखरीमा डुबेर मृत्यु भएको हो ।

राजु साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा घरबाट १० मिटर टाढाको पोखरीमा डुबेर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

यसैगरी अविरल वर्षासँगै आएको बाढीका कारण विस्थापित भएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका बाढीपीडित परिवारलाई शनिबार साँझ सामूहिक भोजन गराइएको छ ।

कारितास नेपालको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले बाढीबाट विस्थापित भएका तिलाठी कोइलाडी गाउँपालिकाका एक हजार ४०५ जना बाढीपीडितलाई भोजन गराएको हो ।

गाउँमै मेस सञ्चालन गरी बाढीपीडितलाई खाना खुवाइएको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक विनोदानन्द चौधरीले जानकारी दिनुभयो ।

यसअघि पनि कारितास नेपालको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सप्तरीको हनुमाननगर कंकालनीमाई नगरपालिका– ११ इनरुवाका ५०० बाढीपीडित परिवारलाई चिउरा, भुजिया र मिनरल वाटर लगायतका राहत वितरण गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?