जसले हरायो, उसैलाई जिताउन चुनावी प्रचारमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १, २०७४
|
|
३७ पटक हेरिएको
Shares
जसले हरायो, उसैलाई जिताउन चुनावी प्रचारमा

सारांश

  • जाजरकोट, १ मंसिर :  कुनै बेला एकै चुनावी मैदानबाट पराजित भएका व्यक्ति अहिले आफ्नै प्रतिद्वन्द्वीलाई जीताउनका लागि सहयोग गरेको देख्दा सबैलाई अनौंठो लाग्छ ।
  • दोस्रो संविधानसभामा जाजरकोट क्षेत्र १ बाट उम्मेदवार बन्नुभएका डम्बरबहादुर सिंह अहिलेका वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्याका उम्मेदवार बन्नुभएका शक्तिबहादुर बस्नेतबाट डम्बरसिंह पराजित हुनुभएको थियो ।
  • तत्कालीन क्षेत्र नं १ का उम्मेदवार बस्नेत र सिंहले चुनावका बेला एक÷अर्कालाई आरोप प्रत्यारोप प्रशस्तै लगाउनुभएको थियो ।

जाजरकोट, १ मंसिर :  कुनै बेला एकै चुनावी मैदानबाट पराजित भएका व्यक्ति अहिले आफ्नै प्रतिद्वन्द्वीलाई जीताउनका लागि सहयोग गरेको देख्दा सबैलाई अनौंठो लाग्छ ।

दोस्रो संविधानसभामा जाजरकोट क्षेत्र १ बाट उम्मेदवार बन्नुभएका डम्बरबहादुर सिंह अहिलेका वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्याका उम्मेदवार बन्नुभएका शक्तिबहादुर बस्नेतबाट डम्बरसिंह पराजित हुनुभएको थियो ।

तत्कालीन क्षेत्र नं १ का उम्मेदवार बस्नेत र सिंहले चुनावका बेला एक÷अर्कालाई आरोप प्रत्यारोप प्रशस्तै लगाउनुभएको थियो । अहिले सिंह नै बस्नेतलाई जिताउनका लागि गाउँ÷गाउँमा भोट माग्दै हुनुहुन्छ ।

पूर्वी क्षेत्रका सबै ठाउँमा परिचालनको मुख्य जिम्मेवारी बोकेर उहाँले बस्नेतका लागि गाउँगाउँमा पुगेर भोट मागिरहनुभएको छ । “हाम्रो राजनीतिक लाइन जसरी अघि बढ्छ त्यसरी नै हामी अगाडि बढ्नुपर्छ” सिंहले भन्नुभयो ।

वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बस्नेत पनि हिजोका राजनीतिक सम्बन्धलाई अहिले सम्झेर सम्भव नहुने बताउनुहुन्छ । “राजनीतिमा अनेक सम्भावना हुन्छन् । कहिले एकले अर्कालाई हराउनुपर्ने समय आयो भने अहिलेसँगै मिलेर जानुपर्ने भयो,” उहाँले भन्नुभयो, “राजनीतिमा यो नयाँ अनुभव हो । हामी नयाँ अभ्यास गर्दैछौं ।”

वाम गठबन्धनका कारण जाजरकोट प्रतिनिधिसभा र क्षेत्र नं १ मा(माओवादी केन्द्र)को भागमा परेको छ भने क्षेत्र २ एमालेको भागमा परेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रेशम चौधरीलाई हतकडी लगाएरै उपचार !
रेशम चौधरीलाई हतकडी लगाएरै उपचार !
नेविसंघ कार्यकर्ताहरुलाई तत्काल रिहा नगरे आन्दोलन गर्ने महामन्त्री तिमल्सिनाको चेतावनी
नेविसंघ कार्यकर्ताहरुलाई तत्काल रिहा नगरे आन्दोलन गर्ने महामन्त्री तिमल्सिनाको चेतावनी
एकीकृत घुम्ती शिविरका कारण स्थानीय हर्षित
एकीकृत घुम्ती शिविरका कारण स्थानीय हर्षित
बारा क्षेत्र नम्बर २ को प्रतिनिधि तथा प्रदेशसभामा फोरम विजयी
बारा क्षेत्र नम्बर २ को प्रतिनिधि तथा प्रदेशसभामा फोरम विजयी
उपत्यकामा सिसी क्यामराबाट निगरानी बढाइँदै, थप क्यामरा जडानका गर्न प्रहरीले आवश्यक प्रक्रिया थाल्यो
उपत्यकामा सिसी क्यामराबाट निगरानी बढाइँदै, थप क्यामरा जडानका गर्न प्रहरीले आवश्यक प्रक्रिया थाल्यो
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
कर्णाली राजमार्गको गगने खोलामा फेरि पहिरो: लेदो खसेपछि यातायात सेवा पूर्ण रूपमा ठप्प
कर्णाली राजमार्गको गगने खोलामा फेरि पहिरो: लेदो खसेपछि यातायात सेवा पूर्ण रूपमा ठप्प
सप्तरीमा दुईसय एचआइभी सङ्क्रमित
सप्तरीमा दुईसय एचआइभी सङ्क्रमित
राष्ट्रियसभाका ५९ जना सांसदको पदावधि टुंगो लाग्याे, कस्को कार्यकाल कति? विस्तृतमा…
राष्ट्रियसभाका ५९ जना सांसदको पदावधि टुंगो लाग्याे, कस्को कार्यकाल कति? विस्तृतमा…
भूकम्प प्रभावितका लागि अस्थायी संरचना निर्माणमा दलहरूको सक्रियता
भूकम्प प्रभावितका लागि अस्थायी संरचना निर्माणमा दलहरूको सक्रियता