प्रदेश नम्बर २ चुनाव : सबै मतदान केन्द्रमा आज कर्मचारी पुग्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २९, २०७४
|
|
२२ पटक हेरिएको
Shares
प्रदेश नम्बर २ चुनाव : सबै मतदान केन्द्रमा आज कर्मचारी पुग्ने

सारांश

  • काठमाडौं, भदौ २९ – प्रदेश नम्बर २ मा आउँदो सोमबार हुने चुनावको लागि बिहीबार बेलुकासम्ममा सबै चुनाव केन्द्रमा कर्मचारी पुग्ने निर्वाचन आयोगले जनाएको छ ।
  • बेलुकासम्ममा प्रदेश नम्बर २ का ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा हुने चुनावको लागि ३ हजार ५ सय ७८ मतदान केन्द्रमा झण्डै ३१ हजार कर्मचारी पुग्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
  • उहाँका अनुसार हरेक केन्द्रमा कम्तिमा पनि ६ जना कर्मचारी खटाउन लागिएको छ ।

काठमाडौं, भदौ २९ – प्रदेश नम्बर २ मा आउँदो सोमबार हुने चुनावको लागि बिहीबार बेलुकासम्ममा सबै चुनाव केन्द्रमा कर्मचारी पुग्ने निर्वाचन आयोगले जनाएको छ ।

बेलुकासम्ममा प्रदेश नम्बर २ का ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा हुने चुनावको लागि ३ हजार ५ सय ७८ मतदान केन्द्रमा झण्डै ३१ हजार कर्मचारी पुग्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार हरेक केन्द्रमा कम्तिमा पनि ६ जना कर्मचारी खटाउन लागिएको छ । कर्मचारी पुगेपछि शुक्रबारदेखि मतदाता परितयपत्र वितरण गर्ने र परिचयपत्र लिन पुगेकालाई भोट हाल्ने तरिका पनि सिकाउने उहाँले जानकारी दिनुभयो ।

यसैबिच निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावमा समानु्पातिक प्रणालीतर्फ भाग लिन निवेदन पेश गरेका राजनीतिक दललाई निवेदन फिर्ता लिन बिहीबार समय दिएको छ ।

आयोगमा निवेदन दिएका ८८ राजनीतिक दलले बिहान १० देखि ५ बजेसम्म दल दर्ताको निवेदन फिर्ता लिन सक्ने आयोगले जनाएको छ ।

मंसिर १० र २१ गते प्रतिनिधि सभा र प्रदेशसभा चुनावको लागि समानुपातिक प्रणालीतर्फ भाग लिने चाहाने ८८ दलले निवेदन दिएका छन् ।

यस्तै प्रतिनिधि सभा निर्वाचन ऐनको नियमावलीको विषयमा बिहीबार आयोगले सबै दलका नेतासँग छलफल गर्दैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फ्रान्समा कोभिड १९ का संक्रमितहरुको संख्या घट्दै
फ्रान्समा कोभिड १९ का संक्रमितहरुको संख्या घट्दै
राजपाका महामन्त्री अख्तियारकाे फन्दामा
राजपाका महामन्त्री अख्तियारकाे फन्दामा
प्रधानमन्त्री ओलीको घोषणा : साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउँछौं
प्रधानमन्त्री ओलीको घोषणा : साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउँछौं
त्रिशूली–काठमाडौँ प्रसारण लाइनको परीक्षण शुरु
त्रिशूली–काठमाडौँ प्रसारण लाइनको परीक्षण शुरु
अस्पतालमा अक्सिजन सिलिन्डर विस्फोट हुँदा बिरामीको ज्यान गयो
अस्पतालमा अक्सिजन सिलिन्डर विस्फोट हुँदा बिरामीको ज्यान गयो
नेपालीलाई फर्काउन रुसले मान्दिहाल्ने स्थिति छैन : प्रधानमन्त्री प्रचण्ड
नेपालीलाई फर्काउन रुसले मान्दिहाल्ने स्थिति छैन : प्रधानमन्त्री प्रचण्ड
बागलुङ–बेनी सडक : वैशाख १२ गतेसम्म बन्द
बागलुङ–बेनी सडक : वैशाख १२ गतेसम्म बन्द
उपाध्यक्षको राजीनामा माग गर्दै गाउँपालिकाका जनप्रतिनिधि अनशनमा !
उपाध्यक्षको राजीनामा माग गर्दै गाउँपालिकाका जनप्रतिनिधि अनशनमा !
पदको लागि होइन सेवाको लागि नाट्टामा जान लागेको हुँ : भट्टराई
पदको लागि होइन सेवाको लागि नाट्टामा जान लागेको हुँ : भट्टराई
प्रधानमन्त्रीको निर्देशन- विपद्को समयमा प्रशासक होइन, सेवक बनौँ
प्रधानमन्त्रीको निर्देशन- विपद्को समयमा प्रशासक होइन, सेवक बनौँ

तपाईंले छुटाउनुभयो कि?