प्याक्टले भन्यो — गगनको कम्पनीले एक रुपैया पनि लिएको छैन
सारांश
- काठमाडौं, मंसिर ६।
- कृषि मन्त्रालयअन्तर्गतको व्यवसायीक कृषि आयोजना केन्द्र (प्याक्ट)ले बाख्रापालनका लागि नेपाली कांग्रेस नेता गगन थापाले अनुदान नलिएको जनाएको छ।
- प्याक्टले मंगलबार प्रेस विज्ञप्ती गर्दै थापा अध्यक्ष रहेको सुनखानी एकिकृत कृषि केन्द्र माहांकाल काठमाडौले गुणस्तरीय मासु उत्पादन तथा बजारीकरण उपआयोजना सञ्चालन गर्न प्याक्टसँग सम्झौता गरेको भएपनि कुनै रकम भने भुक्तानी नगरिएको विज्ञप्तीमा उल्लेख छ।
काठमाडौं, मंसिर ६। कृषि मन्त्रालयअन्तर्गतको व्यवसायीक कृषि आयोजना केन्द्र (प्याक्ट)ले बाख्रापालनका लागि नेपाली कांग्रेस नेता गगन थापाले अनुदान नलिएको जनाएको छ।
प्याक्टले मंगलबार प्रेस विज्ञप्ती गर्दै थापा अध्यक्ष रहेको सुनखानी एकिकृत कृषि केन्द्र माहांकाल काठमाडौले गुणस्तरीय मासु उत्पादन तथा बजारीकरण उपआयोजना सञ्चालन गर्न प्याक्टसँग सम्झौता गरेको भएपनि कुनै रकम भने भुक्तानी नगरिएको विज्ञप्तीमा उल्लेख छ।
केन्द्रको तर्फबाट अनुदान पाउने बेलामा केन्द्रका अध्यक्ष थापा संसदको कृषी तथा जलश्रोत समितिको सभापतिमा निर्वाचित भएपछि केन्द्रले अनुदान लिन अस्विकार गरेको प्याक्टले जनाएको छ ।
समितिले नै अनुगमन गर्ने आयोजनाबाट अनुदान लिदा कार्य सम्पादनमा असर पर्ने र स्वार्थ बाझिने भएकाले अनुदान लिन अस्विकार गरिएको निवेदन थापाको संस्थाले २०७२ साल मंसीर २८ गते प्याक्टमा दिएपछि अनुदान रद्ध भएको थियो। अनुदान रद्ध भएसँगै त्यही बर्षको फागुन १९ गतेको पत्र अनुसार उपआयोजना पनि बन्द गरिएको थियो।
त्यसैगरी फर्पिङमा कुरिलो उत्पादन तथा गोल्फुटारमा एच एण्ड एच मिट सप सञ्चालनका लागि पनि आयोजनाबाट कुनैपनि अनुदान तथा सहयोग उपलब्ध नगराइएको प्याक्टले स्पष्ट पारेको छ।
नेकपा एमालेका प्रदेशसभामा काठमाडौं-६(क)का उम्मेदवार तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापितले थापाको संस्थाले प्याक्टबाट बाख्रापालन तथा कुरिलो उत्पादनका लागि अनुदान लिएपनि काम नगरेको आरोप लगाएका थिए।

थापाले पनि सामाजिक सञ्जाल मार्फत् सार्वजनिक गरेको भिडियो सन्देशमा आफु कमजोर धरातलमा नउभिएको स्पष्ट पार्दै त्यस्ता आरोप लगाउनु अगाडी हजार पटक सोच्न र पत्याउनु अगाडी लाख पटक सोच्न आग्रह गरेका छन्। काठमाडौ क्षेत्र नं. ४ मा काँग्रेसका तर्फबाट प्रतिनिधिसभाका उम्मेदबार थापाले आफ्नो पहिलो चुनावी सभामा पनि आफ्ना विरुद्धमा अनेकौ भ्रमक समाचार आउने भएकाले त्यसको पछि नलाग्न आह्वान गरेका थिए ।
आफ्नै लगानीमा चार जनाले सुरु गरेको सुनखानी एकिकृत कृषि केन्द्रले अहिले सम्म कसैको एक रुपैया वा एक पैसा पनि नलिएको नेता थापाले दावी गरेका छन्। उनले नुवाकोटमा गरेको अनुभव र सिकाईका आधारमा त्यस व्यवसायलाई चितवनमा विस्तारित रुपमा संचालन गर्न लागिएको बताएका छन् ।
राजनीति गर्ने व्यक्तिले आफ्नो खर्च चलाउनका लागि कुनै न कुनै व्यवसाय गर्नु पर्छ भन्ने मान्यताका साथ आफुले विभिन्न पेशा व्यवसाय गर्दै आईरहेको र अरुलाई पनि त्यसमा प्रेरित गर्ने गरेको थापाले भिडियोमा भनेका छन् ।
Baburam Adhikari
राम्रो भएछ।आफ्नो जग्गामा खोर बनाउन पनि पाइन्छ बन्द गराउन पाइन्छ ।उद्योग खोल्नुको मजा नै यहि हो मन लाग्यो चलायो मन लागेन बन्द गर्यो ।युवाहरूलाई राम्रो प्रेरणा ।खोर बनाउनु मात्र पनि राम्रो हो बासको खपत ।
Rajendra Paudel
बेकुब हा हेरअाे अब चेत खुल्याे कि खुलेन अब के प्रपण्डा रच्ने हाे अाक्षेप लगाउन थुक्क लाज सरम हरायका एमाले जन
Kamal Pandey
Tapai ko kuro sahi xa dai jay nepal.
Hari Hancy Hero Hero
Aruli nachena aaxapa la gauna kashab li dasa nekala garnu parx
Limbu Man
मैले खोजेको पनि येहि थियो थापा जि किनकी केसब स्थापित हरु जाली फटाहा अभियोगमा अग्रसर र गलत नेटवर्किङ्बाट राम्रो मान्छेको चरित्र हत्या गरि सोझा साझा जनताको आखामा छारो हाल्न पल्केकाहरु हुन आखिर अभियोग गलत साबित भयो अब डारुमा पानी तताइ डुबेर मरे हुन्छ।
Keshav Ojha
nepal ko sabai bhanda daka bhaneko beurocrats bhayeko chha
Heera Gurung
यो केशव स्थापित भन्ने मान्छे नै अर्धपागल हो , घरी मेएर को टिकट नपाएपछि जोशीलाई बधाई दिन जान्छ , अनि बिध्यसुन्दर जितेपछि मैले जिताको हुँ भन्छ, कहिले राष्ट्रपतिको कुरा काटछ, त कहिले गगन थापाको ….बोलिकै ठेगान नभाको , यो भन्दा त रत्नपार्कको मुकुन्दे 100 गुणा better..
Kohinoor Balami
sathya lukdi na aba ta thaha vayo ne yamla jan
Arjun Pd Phuyal
ghuth ko kheti kesab ko kam
Khem Thapa
प्याक्ट दुधको साछी बिरालो हाआआअआ
Santosh Dahal
Tyo keshav sthapit bhanne manxe kun kuna ma xa…..anuhar dekhar janta sanga vote magdai xa ki dulo ma lukyo….yahi ho bolda bichar puryar bolnu parxa natra phasinxa bhane ko
Manohar Kattel
Gagan thapa bhaneko cangress ko saan ho.aaphu ta janmajat cangress ho jahile pani cangress ko saath ma jai nepal.
खड्का दिपेश
खसी खोइ खसी ??