दोर्दी गाउँपालिकाबाट राष्ट्रिय परिचय पत्रको विवरण सङ्कलन सुरु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १२, २०७९
|
|
२८ पटक हेरिएको
Shares
दोर्दी गाउँपालिकाबाट राष्ट्रिय परिचय पत्रको विवरण सङ्कलन सुरु

सारांश

  • काठमाडौँ ।
  • लमजुङमा दोर्दी गाउँपालिकाबाट राष्ट्रिय परिचय पत्रको विवरण कार्य सुरु भएको छ ।
  • पहिलो चरणमा दोर्दी गाउँपालिकाको ९ वटै वडाबाट विवरण सङ्कलन कार्य सुरु गरिएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।

काठमाडौँ ।लमजुङमा दोर्दी गाउँपालिकाबाट राष्ट्रिय परिचय पत्रको विवरण कार्य सुरु भएको छ । पहिलो चरणमा दोर्दी गाउँपालिकाको ९ वटै वडाबाट विवरण सङ्कलन कार्य सुरु गरिएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।

आइतबारदेखि दोर्दीका सबै वडाबाट एकैसाथ विवरण सङ्कलन सुरु गरिएको छ । विवरण सङ्कलनका लागि राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट खटिएका विवरण अपरेटरहरू वडा वडामा पुगेर विवरण सङ्कलन गरिरहेका छन् । एउटा वडामा २ जना विवरण अपरेटर, रुजु अधिकारी रूपमा वडा सचिव र एक जना स्वयंसेवक खटाइएको छ ।

आइतबार पहिलो दिन सिस्टम अपडेट गर्ने लगायतका काम गरिएकाले द्रुत गतिमा सङ्कलन हुन नसकेको विभागका इन्जिनियर अबोध अलिले बताउनुभयो । पहिलो दिन गाउँपालिकाका सबै वडाबाट करिब दुई सय जनाको विवरण सङ्कलन गरिएको छ ।

दोर्दी गाउँपालिकामा करिब १० दिनमा विवरण सङ्कलन गरिसक्ने योजना रहेको उहाँले बताउनुभयो । दोर्दी गाउँपालिका पछि मध्यनेपाल नगरपालिकाबाट विवरण सङ्कलन गरिने छ । आवश्यक अपरेटरहरू थप गरेर सबै पालिका र वडा मा छिटै पुगेर विवरण सङ्कलन गरिने अलिले बताउनुभयो।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट खटिएका विवरण अपरेटरहरू दोर्दीको सबै वडामा पुगेर विवरण सङ्कलन गरिरहेका छन् । नागरिकता भएका हरेक नागरिकको वडाबाटै राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलन गर्न थालिएको छ ।

जिल्लाकै ८ वटा स्थानीय तहबाट विवरण सङ्कलन गरिने यो कार्य ३ महिना भित्र सक्ने लक्ष्य लिइएको छ । प्रशासन कार्यालयका अनुसार लमजुङमा हालसम्म करिब ३५ हजार नागरिकले राष्ट्रिय परिचय पत्रको लागि विवरण भरेर राष्ट्रिय परिचय पत्रको नम्बर लिइसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?