गेटालाई विश्वविद्यालय बनाउन माग गर्दै आन्दोलन

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २८, २०८०
|
|
३७ पटक हेरिएको
Shares
गेटालाई विश्वविद्यालय बनाउन माग गर्दै आन्दोलन

सारांश

  • दोधारा चाँदनी ।
  • गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै आज सुदूरपश्चिममा आमहड्ताल गरिएको छ ।
  • विश्वविद्यालय स्थापनार्थ गठित सङ्घर्ष समितिले आज सुदूरपश्चिम प्रदेशमा आमहड्ताल गरेको हो ।

दोधारा चाँदनी । गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै आज सुदूरपश्चिममा आमहड्ताल गरिएको छ ।

विश्वविद्यालय स्थापनार्थ गठित सङ्घर्ष समितिले आज सुदूरपश्चिम प्रदेशमा आमहड्ताल गरेको हो । बन्दले कञ्चनपुरमा बिहानैदेखि लामो तथा छोटो दूरीका सवारीसाधन चल्न नसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यहाँ स्वस्फूर्तरुपमा शैक्षिक संस्था, बजार, व्यवसाय पनि बन्द गरिएको छ ।

“बिहानैदेखि छोटो तथा लामो दूरीको यातायात बन्द छ । बजार पनि आंशिक बन्द छन्”, प्रहरी निरीक्षक हर्षबहादुर चन्दले भने, “बजारमा फाट्टफुट्ट मोटरसाइकल चलेका छन् ।” बन्दले कञ्चनपुरबाट बाहिर जिल्ला जाने समस्यामा परेका छन् ।

सरकारले गत २९ माघमा मन्त्रिपरिषद्को बैठकबाट गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । यही जेठ १५ मा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा विश्वविद्यालयको ठाउँमा प्रतिष्ठानका रुपमा अघि बढाउने र एक सय शय्याको अस्पताल सञ्चालन गर्ने घोषणा गरिएपछि सुदूरपश्चिममा चरणबद्ध आन्दोलनको घोषणा गरिएको हो ।

विश्वविद्यालय स्थापनार्थ गठित सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेयले सरकारले बजेटमा गेटालाई विश्वविद्यालय बनाउने निर्णय उपेक्षा गरेकाले आन्दोलनमा उत्रिनुपरेको बताए । “मन्त्रिपरिषद्ले विश्वविद्यालय बनाउने निर्णय ग¥यो नीति तथा कार्यक्रममा पनि आयो तर बजेटमा आएन”, उनले भने, “यहाँ अर्बौंका भवन बनेका छन्, अब सुदूरपश्चिमलाई ठग्न पाइँदैन ।” उनले सरकारले यथाशीघ्र विश्वविद्यालय बनाउन पहल गर्नुपर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुटवल मिलनचाेकमा बम बिष्फाेट
बुटवल मिलनचाेकमा बम बिष्फाेट
राजपामा फेरि दोहोरिएला रेशम चौधरी काण्ड ? (प्रहरीको खोजीसूचीमा रहेका राज्यमन्त्रीको अन्तरवार्तासहित)
राजपामा फेरि दोहोरिएला रेशम चौधरी काण्ड ? (प्रहरीको खोजीसूचीमा रहेका राज्यमन्त्रीको अन्तरवार्तासहित)
गौतमश्री मार्ट कुलेश्वरमा, ५ देखि २० प्रतिशतसम्म छुट
गौतमश्री मार्ट कुलेश्वरमा, ५ देखि २० प्रतिशतसम्म छुट
कोशी सरकारविरुद्धको रिटमा सर्वोच्चले भन्योः ‘अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार देखिँदैन’
कोशी सरकारविरुद्धको रिटमा सर्वोच्चले भन्योः ‘अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार देखिँदैन’
विश्व समाचार : बोइङ ७३७ उडान स्थगन गर्न ट्रम्पको आदेश
बसको ठक्करबाट एक ६६ वर्षीया वृद्धाको मृत्यु
बसको ठक्करबाट एक ६६ वर्षीया वृद्धाको मृत्यु
हिमालमा ज्यान गुमाउने संख्या ६ पुग्यो, ३ बेपत्ता
हिमालमा ज्यान गुमाउने संख्या ६ पुग्यो, ३ बेपत्ता
‘विषादीयुक्त तरकारी : जनताको स्वास्थ्यको ख्याल गरियोस’
‘विषादीयुक्त तरकारी : जनताको स्वास्थ्यको ख्याल गरियोस’
जयपृथ्बी बहादुर सिंहको हात्तीसार दरवार
जयपृथ्बी बहादुर सिंहको हात्तीसार दरवार
विमेन टि ट्वान्टी छनोट: दोस्रो खेलमा पनि नेपालले अंक बाड्यो
विमेन टि ट्वान्टी छनोट: दोस्रो खेलमा पनि नेपालले अंक बाड्यो