प्रचण्डका छोरा प्रकाशलाई सम्झिइँदै, खुमलटारमा स्मृतिसभा हुने
सारांश
- काठमाडौं ।
- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशको निधन भएको एक वर्ष पुगेको छ ।
- प्रकाश दाहालको हृदयघात भई गत वर्ष आजकै दिन अर्थात मंसिर ३ मा मृत्यु भएको थियो ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशको निधन भएको एक वर्ष पुगेको छ । प्रकाश दाहालको हृदयघात भई गत वर्ष आजकै दिन अर्थात मंसिर ३ मा मृत्यु भएको थियो ।
उनी तत्कालीन माओवादी केन्द्रका पोलिटब्युरो सदस्यसमेत रहेका थिए । उनी आफ्ना बुबा प्रचण्डका स्वकीय सचिवसमेत रहेका थिए ।
देशमा चुनावको तयारी भैरहेका बेला एमाले–माओवादीको चुनावी गठबन्धन हुँदै गरेका बेला प्रकाशको आकस्मिक निधन भएको थियो ।
प्रकाशको स्मृतिमा प्रचण्ड निवास खुमलटारमा विशेष कार्यक्रम हुँदैछ । कार्यक्रममा प्रकाशको बारेमा लेखिएको स्मृति स्मारिकासमेत विमोचनको कार्यक्रम रहेको जानकारी दिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया