फरक शैलीमा बालेन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १७, २०७९
|
|
२९ पटक हेरिएको
Shares
फरक शैलीमा बालेन

सारांश

  • काठमाडौं।
  • पद तथा गोपनीयताको शपथपछि सोमबार साँझ बसेको काठमाडौं महानगर कार्यपालिकाको पहिलो बैठकले फोहोर व्यवस्थापनको समस्या समाधान गर्ने विषयमा अध्ययन गर्न मेयर र उपमेयरको नेतृत्वमा कार्यदल बनाएको छ ।
  • बैठकले सडकका खाल्टाखुल्टी पुर्ने, ढल निकास नियमित गर्नेजस्ता काम गर्नेगरी दुईवटा भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

काठमाडौं। पद तथा गोपनीयताको शपथपछि सोमबार साँझ बसेको काठमाडौं महानगर कार्यपालिकाको पहिलो बैठकले फोहोर व्यवस्थापनको समस्या समाधान गर्ने विषयमा अध्ययन गर्न मेयर र उपमेयरको नेतृत्वमा कार्यदल बनाएको छ ।

बैठकले सडकका खाल्टाखुल्टी पुर्ने, ढल निकास नियमित गर्नेजस्ता काम गर्नेगरी दुईवटा भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । बैठकमा नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले सोसम्बन्धी प्रस्ताव गरेका थिए भने उनको प्रस्तावलाई कार्यपालिका बैठकले अनुमोदन गरेको हो ।

यसैगरी, कार्यपालिका बैठकले नगरवासीको गुनासो सुन्न कल सेन्टर स्थापना गर्ने निर्णयसमेत गरेको छ । सो कल सेन्टर सात दिनभित्र स्थापना गरिनेछ ।

बैठकमा मेयर साहले निजी रेस्टुरेन्ट, होटल तथा पेटोल पम्पका शौचालयलाई सरोकारवाला पक्षसँगको सहकार्यबाट निःशुल्क रूपमा सञ्ञ्चालनमा ल्याउने विषयलाईसमेत प्रस्तावका रूपमा अघि सारेकोमा त्यसलाईसमेत बैठकले अनुमोदन गरेको छ ।

बैठकका क्रममा मेयर साहले केही ठूला रेस्टुरेन्टहरूसँग सार्वजनिक उत्तरदायित्वअन्तर्गत निःशुल्क शौचालय सञ्चालन गर्ने विषयमा कुराकानी भएको भन्दै बैठकमा सो’bout प्रस्ताव राखेका थिए ।

उनले फोहोर मैला व्यवस्थापन नभएसम्म आफूले माला खादा नलगाउने घोषणासमेत गरेका थिए ।

काठमाडौं महानगरपालिकाको नगरसभाको पहिलो बैठक प्रत्यक्ष प्रसारण गरिएको थियो । यसअघि काठमाडौं महानगरपालिका नवनिर्वाचित मेयरसहित नवनिर्वाचित सबै जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिएका थिए ।

मेयर साहले मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाबाट पथ तथा गोपनीयताको शपथ लिएका थिए । यस्तै, साहले शपथ लिएपछि उपमेयर सुनिता डंगोलसहित वडाध्यक्ष तथा सदस्यलाई शपथ गराएका थिए ।

राष्ट्रिय सभा गृहमा आयोजित समारोहमा मेयर साहले नेपाली र नेपाल भाषामा शपथ लिएका थिए । गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह र नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई हराउँदै ३२ वर्षीय स्वतन्त्र उम्मेदवार साह काठमाडौंको मेयरमा निर्वाचित भएका थिए ।

(https://www.softlay.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लक्ष्मी फर्ममा आगलागी हुँदा ५ करोडको क्षति
लक्ष्मी फर्ममा आगलागी हुँदा ५ करोडको क्षति
भारतबाट फर्किएकाहरु चढेको माइक्रो दुर्घटना, ११ जनाको मृत्यु
भारतबाट फर्किएकाहरु चढेको माइक्रो दुर्घटना, ११ जनाको मृत्यु
मोबाइलका आधारमा यसरी पक्राउ परे दीपक मनाङे
मोबाइलका आधारमा यसरी पक्राउ परे दीपक मनाङे
प्रदेश नंं. १ मा कांग्रेस र माओवादीको जोड्दा पनि एमाले झण्डै दोब्बरले अघि
प्रदेश नंं. १ मा कांग्रेस र माओवादीको जोड्दा पनि एमाले झण्डै दोब्बरले अघि
जग्गाको नक्सा अनलाइनबाटै लिने व्यवस्था गर्न राष्ट्र बैँकको निर्देशन
जग्गाको नक्सा अनलाइनबाटै लिने व्यवस्था गर्न राष्ट्र बैँकको निर्देशन
थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि
थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि
प्रहरीले सुराकमा विश्वास गर्दा ……..
प्रहरीले सुराकमा विश्वास गर्दा ……..
राष्फोर्ड रोनाल्डोको स्तरमा पुग्ने विश्वास
राष्फोर्ड रोनाल्डोको स्तरमा पुग्ने विश्वास
दुई पाइलटले हाँकेको जेट प्लेनजस्तो हुनुपर्ने तर सामान्य गाडी चलेजस्तो बजेट अायाे: बाबुराम भट्टराई
दुई पाइलटले हाँकेको जेट प्लेनजस्तो हुनुपर्ने तर सामान्य गाडी चलेजस्तो बजेट अायाे: बाबुराम भट्टराई
सत्ताबाट हटाउने प्रयास विफल पार्न ओलीले तयार गरेका यी अस्त्र

तपाईंले छुटाउनुभयो कि?