देउवा सरकारले फेरि सहिद थप्यो- ‘वास्तविक सहिदको अपमान भयो’-प्रश्रित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १६, २०७४
|
|
१५ पटक हेरिएको
Shares
देउवा सरकारले फेरि सहिद थप्यो- ‘वास्तविक सहिदको अपमान भयो’-प्रश्रित

सारांश

  • काठमाडौं, १६ माघ- देउवा सरकारले जाँदाजाँदै फेरि सहिद दिवसको अघिल्लो दिन सहिदहरु थपेको छ ।
  • सरकारैपिच्छे सहिदहरु थपिँदा सरकारी अभिलेखमा सहिदको एकीन तथ्यांक समेत  भेटाउन सकिँदैन ।
  • सोमबार साँझ बसेको मन्त्रिपरिषदको वैठकले सशस्त्र द्वन्द्वको समयमा स्याङजामा मारिएका ६ जनालाई सहिद घोषणा गरेको हो ।

काठमाडौं, १६ माघ- देउवा सरकारले जाँदाजाँदै फेरि सहिद दिवसको अघिल्लो दिन सहिदहरु थपेको छ । सरकारैपिच्छे सहिदहरु थपिँदा सरकारी अभिलेखमा सहिदको एकीन तथ्यांक समेत  भेटाउन सकिँदैन । सोमबार साँझ बसेको मन्त्रिपरिषदको वैठकले सशस्त्र द्वन्द्वको समयमा स्याङजामा मारिएका ६ जनालाई सहिद घोषणा गरेको हो । यस अघिल्लो वैठकमा पनि देउवा सरकारले चितवनको बाँदरमुढेमा मारिएका व्यक्तिलाई सहिद घोषणा गरेको थियो ।

सहिद हुनुपर्ने हो होइन कुनै वास्ता नगरी घोषणा गरिँदा वास्तविक सहिदको अवमूल्यन भएको साहित्यकार एवं पूर्व मन्त्री मोदनाथ प्रश्रितले बताए । उनी सहिद सम्बन्धी उच्च स्तरीय कार्यदलमा समेत उनले काम गरेका थिए ।

प्रश्रितले जथाभावी सहिद घोषणा गर्दा वास्तविक सहिदहरुको अपमान भएको टिप्पणी गरे । ‘एकमुष्ठमा सहिद घोषणा गर्ने हो भने राजनीतिमा घोप्लेबाजी भयो, सहिदको अपमान भयो ।’ उनले भने, ‘घाँटीमा पासो लगाएर मारिएका शुक्रराज शास्त्री, गोली हान भनेर मारिने गंगालाल जस्ता सहिदको अपमान भएको छ ।’ सहिदका लागि निश्पक्ष आयोग बनाएर अध्ययन गरिनुपर्नेमा जोड दिए । उनले भने, ‘भीरबाट लडेपनि सहिद, दुईजना लडेर मरेपनि सहिद बनाउने प्रवृत्ति रोकिनुपर्छ ।’

सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतका अनुसार देवानसिंह राना, देवबहादुर खवास, विष्णुबहादुर चन्द, मीनबहादुर बानियाँ क्षेत्री, नेत्रनारायण भण्डारी, रणबहादुर गुरुङलाई सहिद घोषणा गरेको छ ।
आज सहिद दिवस विविध कार्यक्रका साथ मनाइँदैछ । गृहमन्त्रालयका प्रवक्ता नारायण दुवाडीका अनुसार सरकारले पछिल्लोपटक १ सय ९० जनालाई सहिद घोषणा गरिसकेको छ । तत्कालीन सरकारले २०६५ पुस ९ गते ६ हजार ३ सय ४४ जनालाई सहिद घोषणा गरेको थियो ।

गणतन्त्र घोषणा भएपछि आउने प्रत्येक सरकारले सहिद घोषणा गर्ने होडबाजी चलेको छ । जथाभावी सहिद घोषणा गरिएको भन्दै सामाजिक सञ्जाल फेसबुक, ट्विटरमा देउवा सरकारको आलोचना गरिएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?